काठमाडौं, २८ साउन ।
मलेसियामा हुने तेस्रो वाइएसडी युथ क्रिकेट कार्निभलमा सहभागी हुने टोलीलाई आज एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।
क्वालालम्पुरमा हुने क्रिकेट उत्सवमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)ले आफनै पहलमा सहभागिता जनाउन लागेको हो । मलेसिया जाने टोलीलाई (केसीटीसी)का अध्यक्ष एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले जर्सी हस्तान्तरणसहित बिदाइ गरेका छन ।
नेपाली टोलीले कार्निभल अन्तर्गतको यु–१६ विधामा प्रतिस्पर्धा गर्नेछ । मलेसियाका दुई टोली र नेपाल र श्रीलंकाबाट एक–एक टोली सहभागी हुनेछन । श्रावण ३० देखि भदौ १ गतेसम्म सन्चालन हुने क्रिकेट उत्सवमा १० खेलाडीसहितको टोली आफ्नै पहलमा मलेसिया जान लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline