अछाम, २८ साउन ।
जिल्लाको सुतार गाविसमा रहेको बिन्धेश्वरी उच्च माविमा वर्षाका कारण पढाई प्रभावित भएको छ ।
गाविसको वडानम्वर ३, ५ र ९ मा बसोवास गर्ने बिद्यार्थिहरु खोलो तर्न नसकि बिद्यालयमा नजाँदा पढाई प्रभावित हुने गरेको हो । ३ दिन देखी आएको अविरल वर्षाले गर्दा स्थानिय गुल्सु खोलामा पानीको बहाव बढेपछि बिद्यार्थिहरु बिद्यालय जाँन सकेका छैनन् ।
बिगत वर्षदेखीनै यस्तो समस्या झेल्दै आएका तिं तिन वडाका बिद्यार्थिहरु खोलामा पुल नहुंदा समस्यामा परेका हुन । कक्षा ६, ७, ८, ९ र १० कक्षामा अध्यनरत बिद्यार्थिहरु वर्षायाममा पानी परेपछि घरमै बस्नुपर्ने बाध्यता रहेको छ ।
वर्षाको समयमा सधैका वर्ष खोला तर्न नसकी यसरीनै बिद्यालय जाँनबाट बञ्चित हुनुपरीरहेको कक्षा ८ का छात्र बसन्त भण्डारीले दुखेसो गरे । ति वडाहरुवाट बिन्धेश्वरी उच्चमावि पुग्न बिद्यार्थिलाई कम्तिमा एक घण्टा लाग्ने गरेको छ ।
त्यसैमाथि खोलामा पानीको बहाव बढेपछि तर्न नसकेर आफुहरुको पढाई प्रभावित भईरहेको बिद्यार्थिहरुको गुनासो रहेको छ ।
उक्त खोलामा पुल नभएका कारण वर्षायाममा बिद्यार्थि लगायत स्थानिय नागरीकलाई समेत आवत जावत गर्न समस्या भईरहेको स्थानिय डम्मर भण्डारीले जाँनकारी दिए ।