अछाम जिल्लाका युवाहरु भन्छन राज्यले हामिलाई वास्था गरेन

अछाम जिल्लाका युवाहरु भन्छन राज्यले हामिलाई वास्था गरेन

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

अछाम, २७ साउन । 

अन्तराष्टिय युवा दिवस २०१५ को अवसरमा जिल्ला युवा सञ्जाल अछामले जिल्लाका बिभिन्न ठाँउमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

दिवसलाई सप्ताहब्यापी रुपमा मनाँउने निर्णय गरेको जिल्ला युवा सञ्जाल अछामले सदरमुकाम मंगलसेन बजार, ब्यापारीक केन्द्र साँफेबगर र जयगढको बजार क्षेत्रमा सरसफाई गरेको हो ।

सञ्जालको अगुवाई तथा जिल्ला प्रहरी कार्यालय अछामको सहभागितामा सदरमुकाम मंगलसेन बजारको खुल्ला मञ्च देखी अदालत सम्म सरसफाई गरिएको छ ।

जिल्ला युवा सञ्जाल अछामका पदाधिकारीको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा मंगलसेन नगरपालिका र जिल्ला स्थित बिभिन्न क्षेत्रसंग आवद्ध युवाहरुको सहभागिता रहेको थियो । युवामा लगानि गरौं, अन्तराष्टिय युवा दिवस सफल पारौं, युवा नेतृतव आजको आवस्यकता जस्ता नारा सहित युवाहरुको टोलिले बजार परिकर्मा गरी सरसफाई कार्यक्रममा परिणत भएको थियो ।

सरसफाई कार्यक्रम पछि भएको कोणसभामा बोल्दै युवाहरुले देशको ४० प्रतिशत जनसंख्या रहेको युवा शक्तिको राज्यले सहि सदुपयोग गर्न नसकेको गुनासो गरेका थिए । देश परिवर्तनका सम्वाहक युवाहरुलाई राजयले उचित रुपमा लगाँनी गर्न नसकेको र युवाको उचित सम्मान गर्न नसकेको उनिहरुको भनाई रहेको थियो ।

सञ्जालको उपाध्यक्ष बम स्वारको अध्यक्षतामा भएको कोणसभामा युवा अगुवा दिपेन्द्र थापामगर, बिरेन्द्र शाही, हर्क बिक र दिपिका कुवरले मन्तब्य राखेका थिए । जिल्ला स्थित युवाहरुको सहभागिता रहेको कोणसभाको सञ्चालन जिल्ला युवा सञ्जाल अछामका सदस्य तथा ईलाका नम्वर ८ का अध्यक्ष होम साउदले गरेका थिए ।

यस्तै, अन्तराष्टिय युवा दिवसको अवसरमा साँफेवगर बजार क्षेत्रमा पनि सरसफाई कार्यक्रम गरिएको छ । साँफे नगरपालिका देखी जिप पार्क हुदै झपट स्मिृती चौतारा सम्म सरसफाई गरिएको हो ।

कार्यक्रम जिल्ला युवा संजाल अछामका अध्यक्ष मदन कुमार भुलको नेतृत्वमा गरिएको सरसफाई कार्यक्रममा साफे नगरपालिकाका कार्यकारी अधिकृत वखत वहादुर खड्का, शसस्त्र प्रहरी वल खप्तड गुल्मका केशव चन्द लगायतको सहभागिता रहेको थियो ।

युवा सञ्जालका जिल्ला अध्यक्ष मदन कुमार भुलको अध्यक्षता मा भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका कार्यकारी अधिकृत खड्का, शसस्त्र प्रहरी वल खप्तड गुल्मका केशव चन्द, ईप्रका साँफेवगरका गंगादत्त भट्टक, वाल अधिकार कर्मि पुजा रावल, महिला अधिकार मंचका अध्यक्ष अप्सरा कुवर, रेडियो जनप्रिका दिर्घ भुल, साफे वगर वजार व्यावस्पन समितिका सचिव हेम महर, ईलाका युवा संजालका धन वहादुर भुल लगाएतले मन्तव्य राखेका थिए ।

यस्तै जिलला युवा सञ्जाल अछामका सह सचिव तिलक ठकुल्लाको नेतृत्वमा जयगढ बजार लगायत अन्य बजार क्षेत्रहरुमा पनि सरसफाई कार्यक्रमको आयोजना गरिएको थियो ।

अन्तराष्टिय युवा दिवसको अवसरमा जिल्ला युवा सञ्जालले सप्ताहब्यापी रुपमा रचनात्मक कार्यक्रम गरी दिवस मनाँउने निर्णय गरेको छ । यसै क्रममा जिल्लाको कालिका गाविसको थालाकोट खेलमैदानमा साउन ३२ गतेवाट जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता को पनि आयोजना गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी