साउन २७ काठमाण्डौं ।
बंगलादेशमा जारी तेस्रो अण्डर १६ साफ् च्याम्पियनसिपमा एक खेल अघि नै आज सेमिफाईनल प्रवेश गरेको छ ।
आज सिलेटमा समुह बी अन्तर्गत भएको खेलमा अफ्गानिस्तानले माल्दिभ्सलाई पराजीत गरे पछि नेपाल सेमिफाईनल प्रवेश गरेको हो ।
अफ्गानिस्तानले माल्दिभ्सलाई ४–२ गोल अन्तरले पराजीत गऱ्यो ।
यस अघि सोमबार नेपालले माल्दिभ्सलाई ५–० को फराकीलो अन्तरले पराजीत गरेको थियो ।
माल्दिभ्स लगातार दुई पराजयसगै प्रतियोगतिाबाट बाहिरीएको छ ।
नेपालले अब शुक्रबार अफ्गानिस्तान विरुद्ध खेल्ने छ । जीत्ने टिम समुह बिजेता बन्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline