काठमाण्डौ ,२७ साउन ।
एक महिना भित्र विद्युत महसुल बढाउने तयारी गरिएको छ ।
ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीको दबाबका कारण महसुल चाँडो बढाउन लागीएको स्रोतले जनाएको छ ।
विद्युत महसुल निर्धारण आयोगले बिजुलीको महसुल बढाउन आन्तरिक गृहकार्य समेत सुरु गरीसकेको छ ।
१ महिनाभित्रै निर्णय लिने तयारीमा जुटेको आयोगले सरोकारवालासँग छलफल गरिरहेको छ ।
मन्त्रालयबाटै दबाब आएपछि महसुल बढाउने बारे छलफल भईरहेको आयोगले जनाएको छ । प्राधिकरणले पनि २० प्रतिशत बढाउन आयोगमा प्रस्ताव गरिसकेको छ ।
आयोगका सबै सदस्य सकारात्मक रहेकाले चाँडै निर्णय हुने सम्भावना रहेको बताईएको छ ।
प्राधिकरणको सञ्चित नोक्सानी बढेर २० अर्ब रुपैयाँ नाघिसकेको छ । विद्युत् खरिद–बिक्रीदेखि वितरणसम्म प्रतियुनिट २ रुपैयाँ ४९ पैसा नोक्सानी भइरहेको प्राधिकरणले जनाएको छ ।
गत वर्ष आयोगले १३.७ प्रतिशत महसुल बढाउने निर्णय गरे पनि सर्वोच्च अदालतले रोक्न अन्तरिम आदेश दिएपछि कार्यान्वयनमा नै आएन ।
सर्वोच्चले महसुल बढाउन बाटो खुला गरिसकेको छ । ०७९ असारमा आयोगले २० प्रतिशत महसुल बढाएको थियो, त्यसपछि बढेको छैन ।