काठमाण्डौ,२७ साउन ।
सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट क्रिकेटर सोमपाल कामीलाई सम्मानित गरेको छ । सरकारले अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो । क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन ।
यस्तै सरकारले कराँतेकी विमला तामाङ, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठ र क्रिकेटका सोमपाललाई सम्मान गरेको छ । पुस्कारको राशी जनही १ लाख रहेको छ ।
यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशीलाई जनही ५० हजार सहित सम्मान गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline