अख्तियारमा परेका १ हजार ७६५वटा उजुरीमा फैसला

अख्तियारमा परेका १ हजार ७६५वटा उजुरीमा फैसला

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौ, २७ साउन ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा परेका उजुरी उजुरी मध्ये एक हजार ७ सय ६५ वटाको फैसला पनि गरको छ ।

गएको आर्थिक वर्ष २०७१र०७२ मा ३ हजार ९५ वटा उजुरी परेका छन् । अब एक हजार ३ सय २० वटा उजुरीको फैसला हुन बाँकी रहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाका प्रवक्ता महेन्द्रनाथ भटराईले जानकारी दिनुभयो ।
गएको वर्ष सबैभन्दा बढी उजुरी शिक्षासँग सम्बन्धित छन् । शिक्षामा मात्र एक हजार २ सय ६६ वटा उजुरी परेका छन् । यी उजुरी मध्ये ७ सय २५ वटा उजुरीको फैसला भएको छ ।
अब ५ सय ४१ वटा उजुरीको निर्णय हुन बाँकी छ । शिक्षामा विशेष गरी विद्यालयका भवन निर्माण, शौचालय निर्माण, पाठ्य पुस्तक खरिद, छात्रवृत्ति वितरण लगायतका काममा बढी अनियमितता भएको पाइएको अख्तीयारले जनाएको छ ।
शिक्षा पछि अर्को भ्रष्टाचार हुने क्षेत्र स्थानीय निकाय हो । स्थानीय निकायमा गएको आर्थिक वर्षमा ९ सय ७ वटा उजुरी परेका छन् ।
स्थानीय निकायमा बढीजसो विकास निर्माणका काममा अनियमितता बढेको पाइएको छ । खरिद गरिएका सामानको बिल बढीको बनाइएको, गाविसहरुले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको, कामै नगरिकन भुक्तानि दिएका जस्ता उजुरी बढी छन् । यसैगरी भूमिसुधार अन्तर्गतमा एक सय ६८ वटा उजुरी परेका छन् ।
२०७० साल असोज एक गतेबाट स्थापना भएको अख्तियारको क्षेत्रीय कार्यालय हेटौडामा २०७२ साल असार मसान्तसम्ममा ३ हजार ९ सय १८ वटा उजुरी परेका छन् । अख्तियारमा परेका उजुरीको छानबिन गरेर कारबाही प्रक्रियामा लैजानका लागि कर्मचारीलाई भ्याइनभ्याइ हुनेगरेको अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी