माग पूरा नगरेको भन्दै डा. केसी पुन अनसन बस्दै

माग पूरा नगरेको भन्दै डा. केसी पुन अनसन बस्दै

  • बुधबार, साउन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, २७ साउन ।

सरकारले माग पूरा नगरेको भन्दै डाक्टर गोविन्द केसी आजदेखि पुन आमरण अनसनमा बस्ने भएका छन् ।

डाक्टर केसी छैठौं पटक आमरण अनसनमा बस्न लागेका हुन । सरकारले माग सम्बोधन गर्ने लिखित सम्झौता गरेपछि पाँचौ अनसन उनले १२ औं दिनमा तोडेका थिए ।
केसीले यस पटक ६ बुँदे माग राखेका छन् । डाक्टर केसीले मन्त्रिपरिषद्बाट माथेमा प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित आवश्यक नीति र कानुन निर्माणको प्रक्रिया तत्काल सुरु हुनुपर्ने, प्रतिवेदनले सुझाएको संरचनाअनुसार तत्काल चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयसहित सबै विश्वविद्यालय र प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्दा दलीय भागबण्डा नभई वरिष्ठता र कार्यदक्षताका आधारमा नियुक्त गर्न तत्काल उच्चस्तरीय आयोग गठन गरी प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग पनि उनले राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी