काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूहको कार्यक्रम प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापतिको मिलिभगतमा चरम् आर्थिक अनियमितता भएको विभिन्न पत्रपत्रिका र दर्जनौँ अनलाइनमा समाचार प्रकाशित भएपछि एन्ट्यागका भ्रष्टहरु कोकोहोलो मच्याउन थालेको स्रोतले बताएको छ ।
केही महिना अघि एन्ट्यागमा चरम् आर्थिक अनियमतता भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँ दर्ता भएको उजुरी, उजुरीकर्ता व्यक्तिलाई डर, धाकधम्की र दबाबमा पारी फर्जी उजुरी भनी फिर्ता लिन लगाउन सफल कार्यक्रम प्रबन्धक थापा र बोर्ड सदस्यहरु पन्थी र सिंजापतिले पुनः एन्ट्यागभित्र ब्रह्मलुट मच्याउन थालेपछि त्यहाँभित्रका कर्मचारीहरु विभिन्न पत्रपत्रिका, अनलाइन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शरणमा पुगेका छन् ।
यसरी एन्ट्यागभित्र भएका भ्रष्टाचारहरु चारैतिर छताछुल्ल हुन थालेपछि प्रबन्धक दीपक थापा, बोर्ड सदस्यहरु मोहन पन्थी र सागर सिंजापति उक्त समाचारहरु रोक्न विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत कसरी आफ्नो उजुरीलाई बेकम्ममा बनाउन सकिन्छ भन्दै विभिन्न राजनीतिक दल र तिनका नेताको दैलो धाउन थालेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार एन्ट्यागका प्रबन्धक थापा, बोर्ड सदस्यहरु पन्थी र सिंजापतिको मिलिभगतमा ४१ वटा ल्यापटप कर्मचारीले बुझेको रेकर्ड बनाई आफ्ना आसेपासे र आफन्तलाई बाँडेका छन् भने १६ वटा मोटरसाइकलमध्ये केही लीलामीमा बिक्री गरेको जनाई आफन्तलाई नै बेचेका छन् भने कतिपय अहिले पनि कर्मचारीले प्रयोग गरेको रेकर्ड देखाई आफ्ना आसेपासे र आफन्तलाई प्रयोगका निम्ति उपलब्ध गराएका छन् ।
यसैगरी, फर्जी कागजात खडा गरी कार्यक्रम नै नगरी, सम्पन्न भएको भन्दै भुक्तानी लिने गरेको समेत स्रोतको ठोकुवा छ । यस सन्दर्भमा स्रोत अगाडि भन्छ– प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले कतिपय संस्थालाई प्रचारप्रसार र डकुमेन्ट्री बनाउन भनेर डेढदुई लाखसम्म रकम उपलब्ध गराउने र ती संस्थाहरुबाट कामै नगराई बिल मात्र मगाई भुक्तानी गरी पचास प्रतिशतभन्दा बढी कमिसन खाने गरेका छन् ।
यसैगरी, उनीहरुले काठमाडौँलगायत विभिन्न जिल्लामा कार्यालयको आफ्नो भवनमा विभिन्न तालिम, गोष्ठी र कार्यक्रमहरु सम्पन्न गर्ने र बिलचाहिँ विभिन्न होटल, पार्टी प्यालेस र रिसोर्टसम्मको पेस गरेर भुक्तानी लिने गरेका छन् । यसै विषयलाई जोड्दै एन्ट्यागका अर्का कर्मचारी भन्छन्– प्रबन्धक थापा र बोर्ड सदस्य पन्थी र सिंजापतिले सीमा नै नाघेर आर्थिक अनियमितता गर्न थालेपछि आपूmहरु बाध्य भएर पत्रपत्रिका, अख्तियार र सम्बन्धित निकायको शरणमा उत्रनु परेको हो ।
अहिले हामी एन्ट्यागभित्र भएका भ्रष्टाचारको छानबिन गर्नुपर्ने भन्दै आवाज बुलन्द गर्न थालेपछि प्रबन्धक थापा, बोर्ड सदस्य पन्थी र सिंजापतिले आपूmहरुलाई यसले कुनै असर नगर्ने बरु एन्टेयागका सबै कर्मचारीको जागिर धरापमा पर्ने भन्दै धम्क्याउन थालेका छन् । उनका अनुसार थापा, पन्थी र सिंजापतिले आपूmहरुलाई एन्ट्याग बन्द भए पनि कुनै असर नगर्ने बरु कर्मचारीहरुको रोजीरोटी नै बन्द हुने भन्दै भ्रष्टाचारको विषयमा अब आइन्दा कहीँ, कतै बोले वा उजुरी गरे एन्ट्याग नै बन्द गरिदिने भन्दै धम्क्याउन थालेका छन् ।
यस क्रममा एन्ट्यागका अर्का कर्मचारी भन्छन्– प्रबन्धक दीपक थापाका छोरा अमेरिकामा बस्छन् र थापाले यहाँ भ्रष्टाचार गरी कमाएको रकम सबै हुण्डीमार्फत् अमेरिका पठाइसकेका छन् । बरु कुन दिन थापा एन्ट्याग डुबाएर अमेरिका पुग्ने हुन् भन्ने चिन्ता गर्दै तत्काल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी छानबिन प्रक्रिया सुरु गर्नुपर्ने बताउँछन् ।
यसैगरी, बोर्डसदस्य पन्थी र सिंजापतिले समेत एन्ट्यागमा भ्रष्टाचार गरी अकुत सम्पत्ति थुपारेका छन् । यस विषयमा तत्काल छानबिन गरी कारवाही होस् भनी हामीले सम्बन्धित सबै निकायलाई गुहारी सकेका छौँ भन्दै एन्ट्यागका भ्रष्टाचारीमाथि कानुनबमोजिम कारवाही हुनेमा उनी ढुक्क छन् ।