काठमाडौं ,२७ साउन ।
सेभिल्लालाई पराजित गर्दै यूईएफए सूपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।
बुधबार बिहान सम्पन्न निकै रोमान्चक खेलमा यूरोपियन च्याम्पियन बार्सिलोनाले ‘ला लिगा’को प्रतिद्वन्द्वी एवंम यूरोपा विजेता सेभिल्लालाई ५(४ ले पराजित गरेको हो ।
सेभिल्लाले तेस्रो मीनेटमा बानेगाले गोल गर्दै पहिलो अग्रता दिलाए । तर, एक मीनेट पछि नै बार्सिलोनाका लियोनल मेस्सीले बराबरी गोल फर्काए ।
१५ मीनेटमा मेस्सीले अर्को गोल गरे भने ४४ औ मीनटेमा नासिमेन्टोले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना तीन(एकले अग्रता लिन सफल भयो ।
दोस्रो हाफको ५२ मीनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनाको अग्रता ४(१ मा र्पुयाए ।
तर, सेभिल्लाले उत्कृष्ट पुनरागमन र्गयो । उसले २४ मीनेट भित्र तीन गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलियो ।
एक सय १५ औ मीनेटमा पेड्रोले गोल गरेपछि बार्सिलोनाले सूपरकपको उपाधि जित्यो । तर, ४(१ को अग्रता लिइसकेको टीमले २४ मीनेटभित्र तीन गोल खाएको हो ।
जीतसँगै बार्सिलोनाले एसीमिलान सम्मान पाँच पटक सूपर कपको उपाधि जितेको छ ।