प्रिमियर लिगमा वेस्टब्रोमलाई हराउदै म्यानचेष्टर विजयी

प्रिमियर लिगमा वेस्टब्रोमलाई हराउदै म्यानचेष्टर विजयी

  • मङ्लबार, साउन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

साउन २६, एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटवलको पछिल्लो खेलमा वेस्टब्रोमलाई हराउदै म्यानचेष्टर सिटी ३–० गोल अन्तरले विजयी भएको छ ।

वाथोन्र्स रंगशालामा गएराति भएको खेलमा सिटीले वेस्टब्रोमलाई पराजित गरेको हो ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको सिटीकालागि मिडफिल्डर याया टोरेले ९औ र २४औ मिनेटमा गोल गरेका थिए ।

वेस्टब्रोमकोलागि सान्त्वना गोलको प्रयासस्वरुप क्रिश ब्रन्टको पासमा जेम्स मेरिसनले हेड मार्फत प्रहार गरे पनि गोल हुन सकेन ।
खेलको ५९औ मिनेटमा क्याप्टेन भिन्सेन्ट कम्पनीले अर्को गोल थपेपछि सिटीले ३–० को जित निकाल्यो ।

एक खेल खेलेको सिटी ३ अंकसहित लिगको शिर्ष स्थानमा छ । लिगमा आगामी शुक्रबार एस्टन भिल्ला र म्यान युनाइटेड भिड्दैछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी