साउन २५ काठमाण्डौं ।
बंगलादेशमा जारी साफ च्यम्पियनसीप फुटबल अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आज माल्दिभ्स विरुद्ध ५–० को फराकीलो जीत हात पारेको छ । आक्रामक खेल खेलेको नेपालले पहिलो हाफ्मै ३–० को अग्रता बनाएको थियो ।
नेपालका लागि प्रिजेन तामाङ र सुमन अर्यालले २/२ तथा लक्ष्मण अर्यालले एक गोल गरे ।
खेलेको तेस्रो मिनेटमै लक्ष्मण परियाले गोल गरेका थिए ।
त्यस पछि प्रिजेन तामाङले १८ औं मिनेटमा गोल गरेर अग्रता दोव्वर पारे भने सुमन अर्यालले २१ औं मिनेटमा तेस्रो गोल गरे ।
दोस्रो हाफ्को ५७ औ मिनेटमा प्रिजेनले टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरे ।
यसै गरी खेलको ईन्जुरी समयमा सु्मन अर्यालले व्यक्तिगत दोस्रो गोल गरे पछि टिम समग्रमा ५–० ले विजयी हुदै तीन अंक जोड्यो ।
सिलेट स्थित डिस्ट्रिक स्टेडियममा हुने खेलमा नेपालले पहिलो पटक माल्दिभ्स विरुद्ध प्रतिस्पर्धा गरेको हो ।
६ टीम सहभागी प्रतियोगिताको समुह चरणमा नेपालले दोस्रो खेल अफगानिस्तान विरुद्ध खेल्नेछ । यो खेल आगामी शुक्रबार हुने छ ।
यसअघिका दुई संस्करणमा उपविजेता र तेस्रो भएको नेपाल यो पटक उपाधि जित्ने लक्ष्यका साथ सिलेट पुगेको हो ।
प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा श्रीलंकालाई ५–० ले पराजित गर्दै भारतले विजयी सुरुवात गरेको छ ।