काठमाडौ २५ साउन ।
विप्लव नेतृत्वको नेकपा माओवादीले आज काठमाडौंमा र्याली निकालेको छ ।
लिपुलेक सम्बन्धि भारत र चीनबीच भएको सम्झौता खारेजी, गत बैसाख १२ गतेको विनकशकारि भुकम्प पिडितहरुको राहत वितरणमा भएको भएको अनियमितता माग गर्दैै नेकपा माओवादी काठमाडौं विशेष व्युरोले र्याली निकालेको हो ।
विप्लव माओवादी निकट विभिन्न भातृ संगठनहरु सम्मिलित विरोध र्याली काठमाडौंको घण्टाघरबाट सुरु भई चुच्चेपाटी,जोरपाटी, शान्ती वाटिका,त्रिचन्द्र कलेज,,जमल, कमलादी हुदै पुतली सडक परिक्रमा गरि सुन्धारा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै उपत्यकाको असन, महाबौद्ध, बाघबजार, घण्टाघर लगायतका स्थानबाट विभिन्न संघ संगठनले निकालेको विरोध र्याली शान्तिबाटिकामा पुगेर एकातृत भएको थियो ।
र्यालीमा सहभागिहरुले लिपुलेक हाम्रो हो, राहतमा भ्रष्टाचार गर्नेलाई का्वाही गर, लिपुलेक सम्झौता खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, नेपाली भुमिमाथिको हस्तक्षप बन्द गर, विर शहित लालसलाम जस्ता नाराहरु लगाएका थिए ।
उपत्यका बिशेष व्युरोको अगुवाईमा काठमाण्डौ ,भत्तपुर र ललितपुर तीन वटै जील्ला ,अखिल क्रान्तिकारी बिद्यार्थी संगठन , मजदुर संगठन , बुद्धिजीवि संगठन र अन्य साना मोर्चा तथा जनवर्गीय संगठनहरुले संयुत्त र्याली निकालेका हुन् ।
लिपुलेक सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले यसअघि देखि नै विरोध गर्दै आएका छन् । कोणसभालाई नेकपा माओवादीका प्रवक्ता खड्क बहादर विश्वकर्मा प्रकाण्ड लगाएतका नेताहरुले सम्वोधन गरेका छन ।
लिपुलेक सम्झौता राष्ट्रघाती भएको भन्दै नेकपा माओवादीले यसअघि देखि नै विरोध गर्दै आएका छन् ।







