यार्सा ब्यापारको लागी चीन र नेपालको सिमा १५ दिनको लागी खुल्ला

यार्सा ब्यापारको लागी चीन र नेपालको सिमा १५ दिनको लागी खुल्ला

  • सोमवार, साउन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

 साउन  २४ डोल्पा । 
डोल्पा जिल्लाको मुख्य आम्दानीको श्रोत मानिने जडीबुटी यार्चागुम्बा ब्यापारको लागी डोल्पाली र जिल्ला बाहिरका यार्चा ब्यापारीहरु बर्षेनी डोल्पा जिल्ला भित्र पर्ने चिनको र नेपालको सिमानामा ब्यापारको लागी चिनको क्याटोक र मरिम्ला ब्यापारीक क्षेत्रमा गएका छन । ब्यापारीहरुले जिल्ला बन कार्यलय डोल्पाबाट पुर्जी लिए बापत प्रति केजी १० हजारका दरले यार्चा बाट मात्र जेठ महिनामा २ केजी ,असार ६४केजी र यही साउनमा मात्र ६९ केजी ५० ग्राम गरी १३ लाख ५५ हजार राजस्व उठेको जिल्ला बन कार्यलयका बन रक्षक दिपक खत्रीले बताउनुभयो । त्येस्तै शे फेक्सुन्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले २ करोड राजसो उठाएको राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ ।
डोल्पाको मुख्य ब्यापारीक नाका मरिम्ला र क्याटोकमा गती खेर साउन २५ गते देखी भाद्र १० गते सम्म १५ दिन सम्म बर्षेनी चिनियाा नागरीक र नेपाली नागरीक बिच ठुलो ब्यापारीक मेला लाग्ने गर्दछ । उक्त मेलामा मुख्य डोल्पामा पाउने बहुमुल्य जडीबुटी यार्चाको करोडौाको कारोबार हुने गर्दछ । अहिले जिल्ला भित्र र बाहिरका ब्यापारीहरुले लुटपाट र चोरी हुने डरले ठुला ब्यापारीहरु हेली चढेर डोल्पाको सदरमुकाम दुनै बाट सिमाना सम्म ब्यापार गर्न गएका छन ।
बिशेष गरी सिमानाका दुई वटा नाका खुले संगै माथिल्लो डोल्पाका धो , साल्दाङ्ग , भिजेर , तिन्जे , छार्का ,फोक्सुन्डो र  मुकोट गरी ७ बटा गाबिसको बर्ष भरी पुग्ने समग्र समानहरु ल्याउनको लागी ब्यापारीक नाका क्याटोक र मरिम्लामा जाने गर्दछन । यो सालमा पनी ठुला ब्यापारीहरु देखी डोल्पाका अधिकाास स्थानियहरु ब्यापार , बर्ष भरी पुग्ने सर समान , लगाएत दैनिक उपभोग्य समानहरु ल्याउन हप्तौ पैदल हिनेर चिनको सिमाना भिजेर गाबिसको क्याटोक र साल्दाङ्ग गाबिसको मरिम्ला पुगेका छन ।  जिल्ला प्रसाशन कार्यलय डोल्पाले सुरक्षाका लागी २० जना प्रहरी सुरक्षाको लागी खटाएको नायब सुब्बा जनार्दन रिजालले बताउनुभयो । भने सिमा क्षेत्रमा सुरक्षा निकाय राज्यले ब्याबस्था गर्न नसक्दा अबैध रुपमा चोरी निकासी हुनकक्ने नागरीक अगुवाहरुको दाबी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी