विश्व ११ सँग नेपाल ३७ रनले पराजित

विश्व ११ सँग नेपाल ३७ रनले पराजित

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, २४ साउन ।

भूकम्प पीडितको सहयोगका लागि ब्याट फर नेपाल च्यारिटी खेलमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको किन्रारा ओभल मैदानमा विश्व ११ ले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव २ ओभरमा पुरै विकेट गुमाएर मात्रै ९८ मा समेटियो ।

नेपालका अनिल मण्डल र राजु रिजालले समान १७, नरेश बुढाएर र सिदान्त लोहनीले समान १३ तथा शरद भेषवाकर र महबुब आलमले समान ११ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन जोडन नसकेपछि खेल विश्व ११ को पषमा गएको हो ।

विश्व ११ का सुरेश नभारत्ननले तीन विकेट लिए । यस्तै अब्दुर रज्जाक र सनत जसूर्याले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विश्व ११ ले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ३५ रन बनाएको थियो ।

विश्व ११ का लागि मार्कस स्टोइनसले ४८, वेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा अब्दुर रज्जाकले १६ रन बनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी