आदिवासी जनजातिको शक्ति प्रदर्शन ( फोटो सहित )

आदिवासी जनजातिको शक्ति प्रदर्शन ( फोटो सहित )

  • आइतवार, साउन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं २४ साउन ।
आज विश्व आदिवासी दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघको अह्वानमा हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
यसै दिवसको अवसर पारी पहिचान सहितको विभिन्न माग राख्दै आदिवासी जनजाति महासंघको नेतृत्वमा जनजातिहरुले शक्ति प्रदर्शन गरेका छन् । उनीहरुले काठमाण्डौंमा उल्लेख्य सहभागी सहितको ऱ्याली निकालेका छन् ।


विश्वभरी छरीएर रहेका आदिवासीहरुलाई एकत्रित बनाउन तथा उनीहरुको आवाजलाई बलियो बनाउने उद्धेश्यले यो दिवस मनाउन थालिएको हो । राष्ट्रसंघले आदिवासीहरुको स्वास्थ्य र सम्मुन्नतिको सुनिश्चितालाई यस वर्षको नारा तय गरेको छ ।

दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ  लगायतका आदिवासी जनजाति संघसंगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन । पहिचान सहितको संघियता आदिवासी जनजातिको अडान, धर्म निरपेक्षता समानुपातिक समावेशी सहितको नयाा संविधान भन्ने मुल नाराका साथ महासंघले यस वर्षको दिवसमा सडकमै मनाउने भएका छन ।

आफूहरुसाग विगतमा भएको सहमतिहरुलाई संविधानको मस्यौदामा नसमेटेको भन्दै विरोध स्वरुप यस पटकको दिवस सडकमै मनाउने तयारी भएको महासंघले जनाएको छ ।


राजधानीको भृकुटी मण्डपबाट संस्कृतिक झााकी सहितको ऱ्याली सुरु भएर न‘या वानेश्वर पुगेको छ ।

सभालाई महासंघका अध्यक्ष नागेन्द्र कुमाल सहित विभिन्न वक्ताहरुले सवोधन गर्दै छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी