काठमाण्डौ ,२४ साउन ।
नेपालको भूगर्भको संरचनामा परिवर्तन नआएकाले फेरी पनि ठुलै भुकम्प आउन सक्ने अनुसन्धानकर्ताले आशंका गरेका छन् ।
जरनल ‘नेचर जियोसाइंस एंड साइंस’का सह लेखक तथा कैम्ब्रिज विश्वविद्यालयमा कार्यरत जीन फिलिप एवकले अझै पनि नेपालको पश्चिमी क्षेत्रमा ठुलो भुकम्प जान सक्ने बताएका छन् । पश्चिम नेपालको भूसंरचनामा अझै परिवर्तन नआएको उल्लेख गर्दै भुकम्प जहिले पनि आउने सम्भावना औल्याएका हुन् ।
उनले समाचार एजेन्सी एएफपीलाई ईमेल गरी गोरखा जिल्लामा वैशाख १२ को भुकम्प जाु अघि जुन अवस्था थियो त्यो अहिले पनि उस्तै रहेको बताएको बिबिसिले जनाएको छ ।
नेपाल दुई टेक्टाँनिक प्लेटको बीचमा रहेको र सुरुदेखि नै दबाबमा रहेको बताईएको छ । एक प्लेटमा भारत रहेकोमा प्रत्येक साल करीब दुई सेन्टिमीटरको गतिमा उत्तर र पूर्वतर्फ गईरहेको छ ।
त्यस्तै दोस्रो प्लेट यूरोप र एशियाको दोस्रो भागमा रहेको अनुसन्धानकर्ताले जनाएका छन् । यसका साथमा मुख्य हिमालयन थ्रस्ट (एमएचटी)मा गतिबिधि भईरहने हुँदा दबाब पर्ने कारणले भुकम्प जाने गर्छ ।
हाल आएको भुकम्पको कारण १ सय ५० किलोमीटर लामो र ५० किलोमीटर चौडा क्षेत्रमा दशकौ देखि दवाब रहेको शोधकर्ताको भनाई छ ।
विशेषज्ञका अनुसार वैशाख १२ गतेको भुकम्प पछि काठमाण्डौ दक्षिण तर्फ १ दशमलब ५घमीटर सरेको र करीब एक मीटर माथि उठेको छ ।
यसका साथै सगरमाथा पनि दक्षिण पश्चिम तर्फ तीन सेन्टिमीटर सरेको बताएका छन् ।
विशेष्ज्ञले अब नभुकम्प आएमा पश्चिम नेपालका साथै भारतको उत्तरी क्षेत्रमा पनि ठुलै भुकम्प जान सक्ने चेतावनी दिएका छन् ।
वैशाखमा आएको भुकम्प पछि पनि अहिलेसम्म जमीन भित्र रहेको दबाव पुरै बाहिर ननिस्कएको उनीहरु बताउछन् । वैज्ञानिकहरुले भनेका छन् जमीनको दबाव पश्चिमतर्फ बढेको छ ,जसका कारण भारतको राजधानी दिल्ली पनि अब भुकम्प आएको नराम्रो चपेटामा पर्न सक्छ ।