साउन डोल्पा ।
बिगत लामो समय देखी संचालीत डोल्पाको सदरमुकाम दुनैमा संचालन हुदै आईरहेको सानो जैरी गार्ड लद्यु जलबिद्युत बितरण केन्द्रको कुलोमा पटक पटक पहिरो आई केही समय अगाडी राखेको पाईपलाई समेत भााच्न लागेकोले अहिले कुलो मर्मतको लागी अनिश्चित कालको लागी आइतबार देखी बिद्युत बन्द हुने बितरण केन्द्र डोल्पाले जनाएको छ ।
केही महिना आगाडी देखी मात्र पहिरो आएर सिमेन्टेड कुलो भत्काए पछी पाइप हालेरै भए पनी बिद्युत बितरण केन्द्र डोल्पाले सेवा दिदै आएको थियो ।
हाल ठेकदार रमेश कार्कीले निर्माण कार्य जिम्मा लिए पछी कुलो मर्मत कार्य भैरहेको हो । कुलो मर्मत पुर्ण बनाउनको लागी अनिश्चित कालीन सेवा अबरुद्ध हुने कार्किले बताए । यसरी बिद्युत सेवा अबरुद्ध हुदा डोल्पाका सरकारी तथा गैर सरकारी कार्यलयका काम काज , संचार माध्यम, उद्योगी , ब्यापारी लगाएत सबै क्षेत्रमा प्रत्यक्ष प्रभाब पर्दै आएको छ ।
यसरी डोल्पाली ठेकेदारले गुणस्तरिय काम नगर्नाले यस्ता समस्या आउने गरेको स्थानिय सेवाग्राहीको बताएका छन । बिगत ५ बर्ष आगढी देखी पटक पटक यसरीनै बिद्युत सेवा अबरुद्ध हुदा ठुलो समस्या भोग्दै अध्यारोमा गुजारा चलाउदै आएका छन ।
जलविद्युत डोल्पामा विगत ११ र१२ बर्ष अगाडी देखि काम गर्ने ठेकेदारहरुले कमाई खाने माध्यामको रुपमा प्रयोग गर्दै आएकाले यस्ता खाले समस्या भएको स्थानियहरुको दाबी छ । डोल्पामा हरेक वर्षमा बर्खाको समयमा बर्षाले सामान्य १० र१५ मिटर कुलो भत्तकाउछ र हरेक बर्षमा १ करोड भान्दा माथी वजेट छुट्याउदै आईरहेको छ । तत्कालिन अवस्था देखि हालको अवस्था सम्म चार गाविसमा मात्र वत्ती वल्दै आईरहेको छ ।
सेवाग्रहीहरुले पटक पटक बिद्युतको गुणस्तरिय काम गर्न दवाब स्वरुप नारावाजी गरेपनी समय समयमा कार्यलय प्रमुख फेरवदल हुने भएकाले राखिएका माग पुरा नभएको स्थानिए बासीले गुनासो गर्दै आएका छन । एउछा ट्रभाईनले नभ्याईने र अर्को ट्रभाईन ल्याएर संचालन गर्ने भनि वजेट छुट्याईयता पनी विगत ५ वर्ष यस्ता खालका समस्या डोल्पाबासीले खेप्दै आएका छन ।
