काठमाडौं, २३ साउन ।
चेल्सीका प्रशिक्षक जोसे मोरिन्हो अझै ४ बर्ष क्लवमा नै रहने भएका छन् । मोरिन्होसँग ४ वर्षका लागि सम्झौता नवीकरण गरेका छन् ।
नयाँ सम्झौतापछि ५२ वर्षका मोरिन्हो सन् २०१९ सम्म चेल्सीको प्रशिक्षक रहने छन् ।
यसअघि सन् २००४ देखि २००७ सम्म ३ वर्ष चेल्सीका प्रशिक्षक रहेका मोरिन्हो सन् २०१३ मा चेल्सी फर्किएका थिए ।
उनको सम्झौता आउँदो वर्षसम्मका लागि भएपनि चेल्सीले त्यसअघि नै उनीसँग थप ४ वर्षको सम्झौता गरेको हो ।
मोरिन्होकै प्रशिक्षणमा चेल्सीले गत सिजन प्रिमियर लिग र क्यापिटल वान कपको उपाधि जितेको थियो ।
सम्झौतापछि मोरिन्होले चेल्सीमा लामो समय बस्न पाउने भएकाले आफूलाई खुुसी लागेको बताए ।
‘यो मलाई मन पर्ने क्लव हो ।’ उनले भने ‘मन पर्ने क्लवमा लामो समय काम गर्न पाउँदा मलाई औधी खुसी लागेको छ ।’
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline