साउन २२ डोल्पा ।
डोल्पा दुनै गाविसमा रहेको क्रियाशिल दह देउराली सामुदायिक वन समितिले असार पुर्णिमाको उपलक्षमा आयोजना गरेको जिल्ला स्तरीयखुल्ला फुटबल प्रतियोगिता आज सम्पन्न भएको छ ।आज भएको फाइनल खेलमा दुनै भ्यालीक्लब पहिलो भएको छ ।
लिग आउटको आधारमा खेलाइएको फुटबल खेलमा दुनै भ्यालीक्लबले दह देउराली सामुदायिक वन समितिलाई हराउदै पहिलो भएको हो ।
दुनै ६ –७ थाला दह देउराली सामुदायिक वन समितिले हरेक वर्ष असार पुर्णिमाको पुर्व सन्ध्यामा गाबिसस्तरीय भलिबल खेलको आयोजना गर्दै आउने गरेको छ ।यसै गरि आयोजक दह देराली सामुदायिक वन समिति भने यो वर्षको दोस्रो बिजयी टिम बनेको छ ।
फुटबल खेल प्रतिको लगाब भएपनि साधनस्रोतको अभावमा आफ्नो दक्षता र क्षमता प्रर्दशन गर्न नसकेका डोल्पालीहरुले हरेक वर्ष खुला चौरमा खेल प्रर्दशन गर्दै खेलको माध्यामबाट एक अर्कामा मित्रता साट्दै आउने गरेका छन ।
पहिलो र दोस्रो हुने भलिबल टिमलाई सिल सहित ३५००० र २०००० हजार रुपैया समेत दह देउराली सामुदायिक वन समितिका अध्यक्ष उत्तम बहादुर रोकायाले ले एक समारोह वीच प्रदान गरेका छन् ।
उक्त पुरस्कार वितरण कार्यक्रममा डोल्पा जिल्लालाई खेलकुदमा नेपाल सरकारको डोल्पा लाई गरदै आएको हेपाहा प्रवृती हटाउन र सरकारको डोल्पा जिल्लामा ध्यान केन्द्रित गराउन पनि उक्त खेलको आयोजना गरीएको दह देउराली सामुदायिक वन समितिका अध्यक्ष रोकायाले बताए ।