काठमाण्डौ, २१ साउन ।
कृषि क्षेत्रको बिस्तार र उत्पादित बस्तु्को बजारीकरणले देश बिकाशमा ठुलो टेवा पुग्ने उपप्रधान तथा स्थानिय बिकाशमन्त्रि प्रकाशमान सिँहले बताउनुभएको छ ।
काठमाण्डौस्थित बल्खु तरकारी तथा फलफुल बजार उदघाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सिँहले नेपालका अधिकांस बासिन्दा ग्रामिण क्षेत्रमा बसोबास गर्ने र उनीहरु कृषिमा निर्भर हुने भएकाले कृषि पेशालाई मर्यादित र आधुनिकीकरण गर्न सके देश बिकाशमा योगदान पु्ग्ने बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको आशातित बिकाश नहुनु राजनितिक अस्थिरता नै मुख्य जड भएको र सरकारबाट कषृकका लागी खासै लागी सहयोग नभएको स्वीकार गर्दै जलसम्दाको दोस्रो ठुलो राष्ट्रमा आकाशे पानीको भर पर्नु कृषकका लागी दुखद हो भन्नुभयो । एक फरक प्रसंगमा सिहँले बिबादित रहेको प्रदेशको सिमाङनमा करिब सहमती भईसकेको बताउँदै शान्तिपुर्ण आन्दोलनबाट प्राप्त उपलब्धि चाँडै नै संस्थागत गर्न लिखित लोकतान्त्रिक संबिधान जारी गरिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै आयोजक शुभश्री एग्रोभेट प्रा.लि.का अध्यक्ष तथा तरकारी तथा फलफुल बजार सञ्चालक मोहनकुमार बस्नेतले भारतबाट तरकारी तथा फलफुल खरिद गर्नु परेको बेला यस बजारले नेपाली कृषक र उपभोक्तालाई ठुलो लाभ मिल्ने स्पस्ट पार्नुभयो । उहाँले बल्खु तरकारी बजारमा ७ सय जनाले रोजगारी पाएको सन्दर्भ जोड्दै अझै थप ५ सय जनाले रोजगारी पाउने दाबी गर्नुभयो ।
कृषि र कृषकका लागी देशका बिभिन्न क्षेत्रमा सरकार र सम्बन्धित निकायले उचित समयमा मल तथा बिउ बिजन र आवश्यक कृषि सम्बन्धि तालिम दिन नसकेको बस्नेतले गुनासो गर्नुभयो । त्यस्तै उहाँले सरकारले कृषलाई अनुदान भन्दा पनी सर्वसुलभ ब्याजदरमा लोन दिन आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर १ का सभासद् ध्यानगोबिन्द रञ्जित, काठमाण्डौ क्षेत्र नम्बर २ का सभासद् राजेन्द्रकुमार केसि, काठमाण्डौ महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिँह तामाङ, डिआईजी नागेन्द्र शाह लयायतको उपस्थिती रहेको थियो ।
बि.स. २०६९ साल असोज १ गतेदेखि खुला भएको बजार करिब ३२ करोडको लागतमा निर्माण गरिएको हो । निर्मित बजारमा ४२४ ओटा स्टल छन् भने बिभिन्न ठाउँमा सिसि क्यामेरा सहितका प्रबिधि जडान गरिएका छन् । ताजा माछा, मासु सहित ६३ प्रकारका तरकारी उलबब्ध भईरहेको र फलफुल बजार पनी चाँडै नै बिस्तार गरिने सञ्चालकले बताएका छन । बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म चल्ने बजारमा अबदेखि कृषक व्यवसायी तथा उपभोक्ताहरु थप लाभान्बित हु्ने अपेक्षा गरिएको छ ।