काठमाडौं, २१ साउन ।
आज हुने भनिएको चुनाव अन्यौलमा परेको छ ।
कमिटीको साधारणसभा आज हुँदैछ । साधारणसभाले नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्ने बताइएको छ ।
आज हुने भनिएको चुनाव रोक्न पुनरावेदन अदालत पाटनले हिजो निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरेपछि यसबारे अन्तिम निर्णय गर्ने अधिकार साधारणसभालाई दिईएको ओलम्पिक कमिटिका महासचिव जिवनराम श्रेष्ठले बताए ।
नेपाल कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले चुनाव रोक्न अदालतमा दिएको निवेदनका आधारमा अदालतले हिजो दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
हिजोको छलफलपछि अदालतका न्यायाधिश मोहनबहादुर कार्कीको इजलासले निवेदकहरुलाई सामेल नगराई निर्वाचन नगर्नु भन्ने आदेशपछि ओलम्पिकको साधारणसभा फेरी विवादित बनेको छ ।
यसैगरी ओलम्पिकमा दर्ता नै नभएका नेपाल ¥याफ्टिङ तथा क्यानोईङ संघ तथा नेपाल कराँते महासंघले समेत निवेदन दिएका थिए ।