परिक्षा अवधिमा फोटोकपी बन्द गर्नु भन्छ जिशिका

परिक्षा अवधिमा फोटोकपी बन्द गर्नु भन्छ जिशिका

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

 साउन १९, सल्यान  
एसएलसी पुरक परिक्षा भोलीबाट सुरु हुदैछ । एसएलसीको पुरक परिक्षाको लागि सल्यानमा यसबर्ष १४ सय विद्यार्थी परिक्षामा सहभागि हुदैछन र परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जिल्ला शिक्षा कार्यालय सल्यानले जनाएको छ । २०७१ को एसएलसीमा दुई विषय अनुतिर्ण हुने विद्यार्थी भोलीदेखि पुरकमा सहभागि हुदैछन ।

परिक्षा अमर्यादित हुने भन्दै पुरक परिक्षा अवधिभरी परिक्षा केन्द्र आसपासका व्यापारिलाई फोटोकपी पसल बन्द गर्न जिल्ला शिक्षा कार्यालय सल्यानले अनुरोध गरेको  छ । साथै परिक्षा अवधिमा परिक्षाकेन्द्र आसपासमा होहल्ला र भिडभाड नगर्न पनि जिल्ला शिक्षा कार्यालयको अनुरोध छ ।

यसबर्षको पुरक परिक्षमा खलंगा र श्रीनगरमा ३ वटा परिक्षाकेन्द्र तोकिएको छ । जसमा निम बहादुर केसी, मधुसुदन शर्मा र माधव विक्रम जिसी केन्द्राध्यक्षको रुपमा खट्नेछन ।

गतबर्षको तुलनमा यसबर्ष ६ सय कम विद्यार्थी परिक्षामा सहभागी हुदैछन । १४ सय विद्यार्थीले भोलीदेखि पुरक परिक्षा दिदैछन । सल्यानमा सबैभन्दा बढि गणितमा ८ सय अनि विज्ञान र सामाजिक विषयका विद्यार्थीले पुरक दिदैछन । परिक्षा विहान ८ बजेबाट ११ बजेसम्म चल्नेछ । २७ गते ऐच्छिक द्धितियको परिक्षा दिएपछि सकिने परिक्षाको पहिलो दिन भोली अनिवार्य अंग्रेजीको परिक्षा हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी