‘बलियो प्रमाण जुटाउन नसकेर पीडकको पक्षमा फैसला हुन सक्ने दाबी’

‘बलियो प्रमाण जुटाउन नसकेर पीडकको पक्षमा फैसला हुन सक्ने दाबी’

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

धनगढी, १९ साउन
कैलाली जिल्लामा बलात्कारका घटना बढ्दै गईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले देखाएको छ ।
तथ्यांकमा आ.ब. २०६९÷०७० सालमा जबरजस्ती करणीका २१ वटा उजुरी दर्ता भएको थियो भने करणी गर्नेमा ११ वटा उजुरी परेको देखाईएको छ । त्यसै गरी २०७०÷०७१ मा करणीमा २२ र करणी उद्योगमा ९ वटा उजुरी, २०७१÷२०७२ मा करणीमा २९ र करणी उद्योगमा १९ वटा उजुरी परेको तुलनात्मक त्रिबर्षिय अपराध तालिकामा उल्लेख गरिएको ।
जिल्ला प्रहरी कार्यलय कैलालीको तथ्यांक अनुसार बलात्कारको घटना हरेक बर्ष बढ्दै गईरहेको बताउछिन् दलित महिला अधिकार मञ्चका संस्थापक अध्यक्ष सावित्र घिमिरे ।
उनले भनिन् दलित महिला अधिकार मञ्ले विगत ४ वर्ष देखि महिलासंग सम्बन्धित विभिन्न मुद्दासंगै बलात्कारको मुद्दामा विशेष जोड दिएर काम गर्दा मेडिकल रिपोटको कारण धेरै पीडितहरु न्याय नपाएको अनुभव बताईन् ।
उनले भनिन् कैलाली जिल्लामा किशोरी मात्र नभएर बच्चदेखि बृद्धाहरु सम्मा बलात्कार भईरहेको घटना आउने गरेको बताउदै धेरैले मेडिकल रिर्पोटको समस्या दर्शाउने गरेको बताईन् ।
उत्ता सेति अञ्चल अस्पतालका सुपरिटेन्डेन्ट डा. गणेश बहादुर सिंहले नियमितरुपमा सेक्स गर्ने, बच्चा जन्माइएको महिला र उमेर पुगेका महिलाहरु बलात्कार भएको मेडिकल रिपोटमा लक्ष्ण नदेखाउन पनि सक्छ तर पीडितले बलात्कार भए लगत्तै आएर मेडिकल जाँच गराउनु पर्छ । उनले भने हाम्रो धेरै जसो घटना बलात्कार भएर लामो समय विति सकेको हुन्छ अनि रिपोटमा नदेखिए पनि उल्टै हामी माथि दोष थुर्पादै मेढिकल रिपोट नै फेग भयो भनि आरोप आउने गरेको बताए ।
उनले कुनै बेला पीडित विभिन्न बहानामा उपचार गराईरहेको हुन्छ तर पछिबाट बलात्कार भएको भन्दै रिपोट बनाउन खोज्यो भने प्रमाण भेटिने एकदमै सम्भावना रहेको बताउदै यस्तो अवस्थामा आफूहरुलाई ठूलो चुनौति आउने गरेको बताए ।
उन पीडित बलात्कार भए लगतै जाँच गराउने, सबै ज्यू ज्यान धोएर पखालेर आउने गरेकोले आफूहरुलाई गाह्रो हुने गरेको बताए ।
यसरी प्रमाण जुटाउन नसेकर धेरै घटना पीडकको पक्षमा फैसला हुने गरेको पीडितहरुको भनाई छ ।
जिल्ला अदालत कैलालीको उप सचिब जगदिश प्रसाद भट्टले २०७१÷०७२ मा ४३ वटा जबरजस्ती करणी र १९ वटा जबरजस्ती करणी उद्योगको मुदा फैसाल भएको बताउदै प्रमाणको आधारमा सफाई र ठहर भएको बताए ।
उनले फैसला गर्ने क्रममा मेडिकल रिपोटसंगै पीडितको बनाईलाई पनि प्रमाणको रुपमा लिने गरेको बताउदै सबै फैसला पीडित मुखी नहुन सक्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी