ब्याट फर नेपाल अभियानका लागि नेपाली क्रिकेट टोलीको घोषणा

ब्याट फर नेपाल अभियानका लागि नेपाली क्रिकेट टोलीको घोषणा

  • मङ्लबार, साउन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, १९ साउन ।

नेपाल क्रिकेट संघ क्यानले आउँदो आइबार मलेसियामा हुने विश्व ११ विरुद्धको खेलका लागि नेपाली टिमको घोषणा गरेको छ । पारस खड्काको कप्तानीमा १३ सदस्यीय नेपाली टोली घोषणा गरीएको हो ।

वैशाख १२ गतेको बिनासकारी भूकम्प र त्यसपछिका पराकम्पबाट पीडितहरुको सहयोगका लागि रकम संकलन गर्न मलेसियामा ब्याट फर नेपाल शीर्षकमा क्यान ११ र विश्व ११ बिच क्रिकेट खेल हुन लागेको छ ।

विकेट किपरको भूमिकामा यू १९ का कप्तान राजु रिजाललाई पनि टोलीमा सबाबेश गरीएको छ । टोलीमा सुवास खकुरेल, सागर पुन, विनोद भण्डारी ,बसन्त रेग्मी परेका छैनन ।

ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, महबुव आलम, राजेशपुलामी मगर, सोमपाल कामी, अनिलकुमार मण्डल, सिद्धान्त लोहनी, राजु रिजाल, शक्ति गौचन, भुवन कार्की, अविनाश कर्ण र करन केसी नेपाली टोलीमा छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी