कुरीती अन्त्य समाजले विभिन्न सञ्चार माध्यममा आएका बोक्सी लगायत विभिीन्न प्रथाका नाममा ७१ साल भरी भएका हिशा र हिशा जन्य घटनाहरुको विभिन्न सञ्चार माध्ययमको विषय विष्लेषण गरी एक प्रतिवेदन तयार पारेको छ । सर्वसाधारणको जानकारी र सचेतनाका लागि यो प्रतिवेदन जस्ताको तस्तै प्रकाशित गरिएको छ ।
घटना प्रतिवेदन
कुरीति अन्त्य समाज (कास) ले धर्म, संस्कृती, परम्परा र रितीरिवाजका नाममा मान्छेमाथि भएका घटना बारे २०७१ सालमा काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रिकाहरुमा प्रकाशित कुरीतिजन्य घटनाको अभिलेख तयारी गरेको विश्ेलषण सहितको बार्षिक प्रतिवेदन तयार गरेको छ ।
बोक्सीको आरोप
२०७१ सालमा देशभर ४२ जनाले बोक्सीको आरोपमा यातना पाए । १ जनाको हत्या नै भयो । काठमाडौं फर्पिङ्को सेतीदेवी बस्ने २२ वर्षका राजेन्द्र मगरले ५२ वर्षिया आफ्नै ठूलीआमा मैना मगरलाई बोक्सीको आरोपमा दाउराले टाउकोमा हिर्काएर हत्या गरेका हुन् । ऋणमा फसेका उनले ठूली आमा बोक्सी भएको र उनकैकारण आफ्ना कामहरु सफल हुन नसकेको भन्दै हत्या गरेको प्रहरीको रिपोर्टमा उल्लेख छ । उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । (यो समाचार २०७१ जेठ ७ गते बुधबार नयाा पत्रिकामा प्रकाशित भएको छ ।)
बोक्सीको आरोपमा यातना पाउनेमा महिलाहरु बढी छन् । बोक्सी भन्दै ३५ जना महिला र ७ जना पुरुषमाथि हिंसा भयो । १७ जना बोक्सीका आरोपका प्रभाबितहरु कानुनी उपचार खोजे । २५ जना कानुनी कार्वाहीका लागी अगाडी बढेनन् । १ जनालाई घर निकाला गरियो ।
त्यस्तै २०७१ सालमा बोक्सीको आरोपमा मकवानपुरमा ७० वर्षीया बृद्धामाथि अभद्र व्यवहार भयो ।
बोक्सीको आरोपमा मानव/पशु मलमूत्र खुवाउने, निवस्त्र पार्ने, कपाल मुण्डन गर्ने, कालोमोसो दलेर गाउा घुमाउने, कुटपिट गर्ने, लगायतका दुव्र्यवहार भए । पाल्पामा आफ्नै छिमेकी गंगा बहादुर दर्जी र उनकी श्रीमती विमला दर्जीले ६९ वर्षिया बृद्धालाई बोक्सी भन्दै कुटपिट गरे र निर्वस्त्र पारेर नाच्न लगाई भिडियो खिचियो ।
त्यस्तै बोक्सोको आरोपमा छोरा बुहारीबाट बुबा (ससुरा), श्रीमान र परिवारबाट श्रीमती, भाञ्जीद्वारा माईजुलाई मलमुत्र, सीसा खुवाईयो । सीराहाकी चन्दनदेवी साहलाई गाउा निकाला गरियो । नुवाकोटकी आशादेवी नेपालीलाई परिवारले कुटपिट गरी घर निकाला गरे । सप्तरीमा आमालाई बोक्सीको आरोप लगाई गाउालेबाट परिवारै कुटियो ।
बोक्सीको आरोपमा यस वर्ष गरिव, वेसहारा, एकलमात्रैले यातना पाएका छैनन् । बााकेकी चन्द्राकुमारी विक स्नातक पढेकी छिन् । उनी श्रीमानसागै बस्छिन् । तर पनि गाउालेले उनलाई बोक्सीको आरोपमा कुटपिट गरी गाली बेईजती गऱ्यो ।
कैलालीकी ६२ वर्षीया राजकुमारी रानाको परिवार बोक्सीको आरोपमा मलमूत्र खुवाई निवस्त्र पारेर योनीमा लठ्ठी घोची यातना दिने छिमेकी बिरुद्ध कानुनी लडाई लडेकै कारण सामाजिक बहिष्कारमै छ । गाउाको घटना गाउामा नमिलाई सार्वजनिक गरेको भन्दै उनको परिवारलाई गाउालेले हरेक काममा बहिष्कार गर्दै आईरहेको छ ।
बोक्सी जस्तो संसारमा कुनै अस्तीत्वमा नरहेको विषयमा मानव अधिकार हनन्का घटना हुादामात्र प्राय सञ्चार माध्यमका सामग्री बनेका छन् । बोक्सीको आरोपमा महिला कुटिइन् । बोक्सी भन्दै गाउा निकाला । बोक्सीको आरोपमा घर निकाला । बोक्सी भन्दै मलमूत्र खुवाईयो जस्ता समाचारहरुमात्र पत्रपत्रिकामा प्रकाशन भएका छन् । त्यस्तै बोक्सीको आरोप लगाउनेलाई कानुनी कार्वाही के भयो त ? भन्ने कुराको फलोअप पत्रिकाहरुबाट खासै हुन सकेको छैन । पत्रपत्रिकाहरुले बोक्सीको आरोपमा भएका घटनामा त कलम चलाएका छन् । तर बोक्सीको आरोप लगाउनेहरुको चेतनाको अवस्था के छ ? के बोक्सीको आरोप जस्तो जघन्य अपराध कानुन बनाएर मात्रै नियन्त्रण होला त ? बोक्सी हुन्छ भन्ने कुरामा विश्वास गर्नु अन्धविश्वास हो । भन्ने कुरामा खोज अनुसन्धान गरिएका, तर्क र तथ्यपूर्ण सामग्रीहरु भने पत्रपत्रिकामा आउन सकेका छैनन् ।
उपलबधी : २०७१ साउन २० गते लामो प्रतिक्षापछि व्यवस्थापिका संसदमा ‘बोक्सी सम्बन्धी (कसुर र सजाय) विधेयक, २०७१’ प्रस्तुत भयो । व्यवस्थापिका संसदको २०७२ साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास समेत गरिसकेको छ ।
दाईजो
२०७१ सालमा दाईजोसाग सम्बन्धीत ९ घटना सञ्चार माध्यमहरुमा आए । एक जनालाई आगो लगाएर, एक जनालाई कुटपिट गरी हत्या गरियो । पााचजनाले घर छोड्नु परेको अवस्था छ । एक जनालाई एक महिनादेखि छिमेकीको घरमा बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले उद्धार गऱ्यो । एक महिलालाई औषधी सेवन गराएर श्रीमान र देबरले पालैपालो बलात्कार गरे । एक जना सरकारी कर्मचारीले श्रीमतीको माईतीबाट चारपांग्रे सवारी साधन र बिराटनगरमा घडेरी दाईजो नदिने भएपछि बिबाह नै रद्ध गरे । दाईजोको निहुामा यातना पाएका ३ जना प्रहरी समक्ष पुगे भने बााकी ६ जना कानुनी उपचारको प्रकृयामै गएका छैनन् । विवाहको दिनदेखिनै माईतीबाट दाईजो कम ल्याएको निहुामा सबै महिलाहरुले श्रीमान र श्रीमानको परिवारका सदस्यहरुबाट यातना पाएका हुन् ।
अन्तरजातीय विवाह
यो वर्ष अन्तरजातीय विवाह सम्बन्धी १४ घटना सार्वजनिक भए । अन्तरजातीय विवाह गरेका ९ जोडी सामाजिक बहिष्कारमा परे । आफुले मन पराएपछि कथित गैर दलित युवतीसाग विवाह गरेका ७ जना युवक, दलित युवतीसाग विवाह गरेका १ गैर दलित युवक गरी ८ जना युवक र ८ जना युवती सामाजिक बहिष्कारमा परेका हुन् । गैर दलित युवतीसाग विवाह गरेका दलित युवकलाई उनीहरुका परिवारले स्वीकार गरेपनि गाउालेले घरमा बस्न नदिने निर्णय गर्दा ८ जोडीले घर छोडेर अन्यत्र आश्रय लिईरहेका छन् ।
दलित युवतीसाग विवाह गरेका विराटनगर १५ का २२ वर्षीय अभिषेक आचार्यलाई उनकी आफ्नै आमाले सार्वजनिक मुद्धा दर्ता गरेर हिरासतमा राखिन् । छोराले दलित युवतीसाग विवाह गरेको भनेर उजुरी दिदा प्रहरीले त्यो मुद्धा दर्ता गर्न नमान्ने बताएपछि आमाले छोराले आफुलाई हातपात गरेको आरोप लगाएर मुद्धा दर्ता गरेकी थिइन् ।
चितवनमा दलित युवकसाग बिवाह गरेको आरोपमा संगिता तामाङ् माईती पक्षबाट कुटिएपछि उनले महिला अधिकारकर्मीको सहयोगमा प्रहरीमा उजुरी दिइन् ।
अन्तरजातीय विवाह सम्बन्धी सकारात्मक घटना
– बााकेमा २१ वर्षीय सुकलाल विष्ट र नरमती विकबिच मागी विवाह भयो ।
– त्यस्तै रुकुममा पनि ओली थरका अभिभावकले छोरीको विवाह विक थरका केटासागै राजीखुसीका साथ गरिदिए ।
छुवाछुत
०७१ सालमा जातीय छुवाछुत सम्बन्धी १४ वटा घटना सार्वजनिक भए । छुवाछुत सम्बन्धि घटनाहरुलाइ हेर्दा समाजमा दलितहरुलाइ गरिने दुब्र्यबहार र उनीहरुलाइ समाजमा मानिसको दर्जामा नगनिने र बिभिन्न किसिमका सेवाबाट समेत बन्चित हुनु परेका घटनाहरु बिभिन्न पत्रपत्रिका तथा सञ्चार माध्यमबाट समेत प्रसारित भएको पाइन्छ ।
यसरी दलितहरु समाजबाट अपहेलित हुादाहुादै पनि कुनै एउटा संघ संगठनमा कामका लागि आवेदन दर्ता गर्नबाट समेत बन्चित हुन पुगेका छन् ।
मिति २०७१ साल मंसिर ४ गते धादिङ्की सन्तोषी विश्वकर्माले कामका लागि आवेदन दर्ता गर्न जाादा राष्ट्रिय वाणिज्य वैकका म्यानेजर शंकरप्रशाद पौडेलले तिमि दलित रहेछौ । हामी कहाा कार्यालय सहयोगीले चिया खाजा पनि पकाउनु पर्ने हुन्छ । मैले दलितले छोएको खाने गरेको छैन भनि आवेदन अस्विकार गरेको घटना समेत सञ्चार माध्यममा प्रकाशित भएको छ । यसरी कथित जातकै कारण एउटा महिलाले सरकारी सेवाबाट बञ्चित हुनु पऱ्यो ।
मिति २०७१ साल असार ७ गते सार्वजनिक धारामा पानी लिन गएकी अनारी हरिजनलाइ धारा छोएको भन्दै फुला केवट, विपत केवटले तल्लो स्तरको अपशब्द प्रयोग गरी गाली गलौज गर्नुका साथै कुटपिट समेत गरे ।
त्यस्तै दलित भएकैकारण शारिरीक यातना समेत पाएका घटना छन् ।
२०७१ साल साउन २१ गते खोटाङ्मा राजन दाहाल लगायत ४ जनाको समूहले गाउाको एक विवाह भोजमा क्षेत्री बाहुनका लागी बनाईएको छुट्टै भान्छा छोएको आरोपमा पूर्ण बहादुर श्रेष्ठलाई धारिलो हतियार प्रहार गरे । श्रेष्ठ त्यहााबाट भाग्न सफल भएकाकारण उनको ज्यान जोगियो ।
छुवाछुत सम्बन्धी घटनालाई हेर्दा दलित पुरुषको दााजोमा महिला दलितहरु बढी पिडा खेप्न बाध्य देखिन्छन् । भौतिक विकासका दृष्टिले सम्पन्न राजधानी काठमाडौंमा समेत एउटा मान्छेले जातकैकारण अरुको हेलोहोचो खेप्नु परिरहेको अवस्था विद्यमान छ । कथित दलित जाती भएकाकारण सहजै डेरा नपाएका समाचार सञ्चार माध्यमहरुमा आएका छन् । २०७१ मंसिर २२ गते ईलामकी खेममाया सिवालाई दलित भएकाकारण घर मालिकले घरबाट निकाले ।
पत्रपत्रिकाहरुमा आएका समाचारहरु हेर्दा जिल्लागत रुपमा सबैभन्दा बढी राजधानी काठमाडौं लगायत वरिपरीका जिल्लाहरुमा जातीय छुवाछुतका घटनाहरु भएका छन् ।
अन्धविश्वास
यो वर्ष धामी झााक्रीसाग सम्बन्धित ४ वटा घटना पत्रिकाहरुमा छापिए । नुवाकोटबाट धामीको भविश्यवाणी राष्ट्रपति कहाा पठाईयो । (नुवाकोट २३ चैत्र, अन्नपूर्ण)
धामी झााक्रीकै भरमा बिरामी (कार्तिक २७ फागुन बैतडी)
ग्रामिण क्षेत्रमा धामी झााक्रीकै भर, धामी झााक्रीबाट पार नलागेपछि बिरामीलाई अस्पताल पुऱ्याईन्छ । (पुस बैतडी)
संख्यात्मक रुपमा अन्धविश्वाससाग सम्बन्धित समाचारहरु कमै प्रकाशित भएका छन् । तर प्रकाशित समाचारहरु हेर्दा नेपालमा अन्धविश्वासको जरो कति तलसम्म छ भन्ने कुरा प्रष्ट पार्छ । मान्छे बिरामी पर्दा अस्पताल नपुर्याई धामी झााक्री कहाा लैजाने परिपाटीकाकारण कतिपयले अकालमै ज्यान समेत गुमाएका छन् ।
छाउपडी
किशोरीहरु छाउ गोठ त्याग्दै (३ चैत्र कालिकोट, नेपाल समाचारपत्र)
गाउाभरी छाउ गोठ (बाजुरा २ कार्तिक, कान्तिपुर)
मूलधारका पत्रिकाहरुमा एक वर्षको अवधीमा छाउपडी प्रथासाग सम्बन्धित २ वटा समाचारहरु मात्र प्रकाशित भए । महिनावारी हुन सुरु भएका कालिकोटका किशोरीहरु महिनावारीको समयमा गोठमा नसुतेर घरमै सुत्न थालेको र जिल्लामा छाउपडी प्रथा निरुत्साहन गर्न थुपै्र संघ संस्थाहरुले काम गरिरहेका भएपनि गाउाभरी छाउ गोठ यथावत भन्ने खोजमूलक समाचार कान्तिपुरमा प्रकाशित भए । यस बाहेक अहिलेको समयमा पनि महिनावारी हुनुलाई प्राकृतिक नियम नबुझेर देउता रिसाउने बहानामा महिलाहरुलाई गोठमा राख्ने सामाजिक कुरीतिले समाज विकास र महिलाको आत्मसम्मान तथा गतिशिलतामा पारेको असरका बारेमा खोजमूलक समाचारहरु प्रकाशित भएका छैनन् ।
मुक्त कमलरी
२०७१ सालमा मुक्त कमलरीसाग सम्बन्धित ९ वटा समाचार प्रकाशित भएका छन् । उनीहरुले सरकारले दिदै आएको छात्रबृद्धि बढाउन माग गरेका छन् । मुक्त कमलरीको कठिन जिन्दगी । मुक्त कमलरीले नयाा निर्देशिका च्याते । मुक्त कमलरीको पढाईको बाधा । मुक्त कमलरीको सहकारी क्रान्ति । मुक्त कमलरीलाई घर बनाउन सहयोग ।
२०७२ साउन १८