काठमाडौ १९ साउन ।
स्पेनिस क्लब बार्सिलोनाका स्टार स्टाइकर लियोनल मेस्सीले तानाशाहीको समर्थन गरेको भन्दै मानव अधिकार फाउन्डेसन एचआरएफले आलोचना गरेको छ ।
मेस्सीले गत महिना गोबान भ्रमणका क्रममा तानाशाहीको समर्थन गरेको एचआरएफको आरोप छ ।
सन् २०१७ मा हुने अफ्रिका कप अफ नेशनको तयारीका क्रममा मेस्सीले गोबानका राष्ट्रपति अली बोन्गो अनडेम्बालाई भेटेका थिए ।
विवादित नेता बोन्गोमाथि मानव अधिकारको सम्मान नगरेको आरोप लागेको छ ।
ठूलो संख्यामा बालबालिकाको हत्या भएको सम्बन्धमा गर्ने भनिएको अनुसन्धान राष्ट्रपति बोन्गोले गर्न नदिएपछि उनी मानव अधिकारको पक्षमा नरहेको एचआरएफको दावी छ ।
मेस्सीले बोन्गोलाई भेटेर मानव अधिकार उल्लंघन गर्ने तानाशाहीलाई साथ दिएको एचआरएफको आरोप छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline