स्वास्थ्य मन्त्री अधिकारीको जिल्ला मोह, काठमान्डौ पोखरा पानि पधेरो

स्वास्थ्य मन्त्री अधिकारीको जिल्ला मोह, काठमान्डौ पोखरा पानि पधेरो

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पोखरा,साउन १८ 
नेपाल सरकारका मन्त्रीहरुको जिल्ला भ्रमण भएपछि जिल्ला स्थित सरकारी सुरक्षा निकाय र स्थानिय प्रसासनलाई समेत भार थपिन्छ । मन्त्री र उनका  कार्यकर्ता लाई समेत सवारी उपलब्ध गराउनु पर्ने , सुरक्षा प्रबन्ध चुस्त बनाउनु पर्ने र मन्त्रीकै पछाडी दौडन पर्ने भएकाले प्रमुख जिल्ला अधिकारीले समेत दैनिक काम गर्न पाउदैनन ।
तर कास्की जिल्ला घर भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीको जिल्ला भ्रमणका कारण पोखराको सुरक्षा तथा कर्मचारीहरु समेत हैरान पर्न थालेका छन । मन्त्री आएपछि सुरक्षा प्रबन्ध मिलाउनै पर्‍यो । ईन्धन तथा सुरक्षाकर्मिको पनि प्रबन्ध त्यही हिसावले मिलाउन पर्ने नै हुन्छ । भि.आई.पिको आगमन भएपछि सुरक्षा चुनौती थपिने कुरा स्वभाविक हुन्छ , स्रोतले भन्यो । मन्त्रीले कुरा नबुझेपछि कास्कीमा मन्त्री अधिकारीकै कारण काम गर्न नै असजिलो बनेको स्रोतले बताएको छ ।
सामान्य कार्यक्रममा समेत अधिकारी पोखरा आउने गरेका छन । संबिधानसभा र्निबाचनमा पराजित भएपनि मन्त्री हुने अबसर पाएका अधिकारीले मन्त्री भएपछि जिल्ला भ्रमण लाई महत्व दिए पनि उनको आगमनले फाईदा भन्दा बेफाईदा बढी भएको बिष्लेषण गर्न थालिएको छ ।
साउन महिनामा मात्र स्वास्थ्य मन्त्री खगराज अधिकारीले नौ पटक जिल्ला आउने जाने गरेका छन । साउन ३ गते पोखरा आएका अधिकारी तिन गते नै फर्किएका थिए । तर उनि ४ गते पुन: पोखरा आए । ४ गते आएका मन्त्री अधिकारी ६ गते काठमान्डौ फर्किएका थिए । तर उनि ७ गते नै पोखरा आए । १४ गते आएका उनि १५ गते फर्किए । १६ गते फेरी  पोखरा आएर  सोही दिन  काठमान्डौ फर्किएका अधिकारी १७ गते फेरी पोखरामा आएर लुम्लेको पहिरो पिडितलाई राहात बितरण गर्न गएका थिए । उनि १७ गते नै काठमान्डौ फर्किए पनि रोटरी ईन्रनेशलनको कार्यक्रममा सहभागि हुन भन्दै सोमबार (१८) गते पोखरा आएका छन ।
यसरी दैनिक जसो जिल्लामा मन्त्री आउन थालेपछि काठमान्डौमा आएका देशभरका सेवाग्राहीको काम समेत प्रभावित हुने गरेका बताईएको छ । अत्याधिक जिल्ला भ्रमण गर्ने अधिकारी नै पहिलो मन्त्री बनेको स्थानियहरुले बताउन थालेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी