मुलुकभरका ३९ वटा उच्च माविको अनुमतिपत्र खारेज

मुलुकभरका ३९ वटा उच्च माविको अनुमतिपत्र खारेज

  • सोमवार, साउन १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ १८ साउन । उच्च माध्यमिक शिक्षा परिषद्ले मुलुकभरका ३९ वटा उच्च माविको अनुमतिपत्र खारेज गरेको छ ।

परिषदले आज सार्वजनिक सूचना जारी गर्दै दुई वर्षभन्दा बढी समयदेखि कक्षा सञ्चालन नगरेका उच्च माविहरुको सम्बन्धन खारेज गरिएकोे जनाएको छ ।

खारेजी प्रक्रियामा रहेको भन्दै ७१ वटा उच्च माविलाई परिषद्ले गत असार ७ गते १५ दिनभित्र स्पष्टीकरण दिन भनिएकोमा स्पष्टीकरण दिन नसकेका उच्च माविहरु खारेजीमा परेका हुन् ।

सम्बन्धन खारेज हुनेमध्ये सामुदायिक विद्यालयको उच्च मावि दुई वटा, क्याम्पस १३ वटा, निजी २० वटा, संस्थागत दुई, प्लस टु मात्रै सञ्चालन गर्ने भनेर अनुमति लिएका दुई वटा रहेका छन् ।

परिषद्ले कक्षा ११ र १२ को अध्ययन अध्यापनका लागि यसअघि अनुमति लिएका उक्त उच्च माविहरुलाई कुनै पनि शैक्षिक कार्यक्रममा विद्यार्थी भर्ना नगर्न नगराउन समेत निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी