काठमाडौ १८ साउन
ट्वान्टी २० विश्वकप छनौट र विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलेर नेपाली टोली आज स्वदेश फर्कदैछ । नेपाली टोली नेपाली समय अनुसार अपरान्न साढे ४ बजे काठमाडौ ओर्लिनेछ ।
विश्वकप छनौट र च्याम्पियनसिपमा आशातित प्रर्दशन गर्न नसकेको नेपाली टोलीले ट्वान्टी २० विश्वकप छनौटमा खेलेका ६ मध्ये १ मा मात्र जित हासिल गरेको थियो । एक खेल बर्षाले अवरुद्ध भएपछि अंक बाढेको नेपालले बाँकी सबै खेल गुमाएको थियो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुवै खेलमा नेपाल घरेलु टोली स्कटल्याण्डसंँंग पराजित भएको थियो । नेपाली टोली एक साताको बिश्रामपछि आगामि महिना घरेलु मैदानमा हुने पपुवा न्युगिनी विरुद्धको विश्व क्रिकेट च्याम्पियनसिपको तयारीमा लाग्ने क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline