तेस्रो साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा 

तेस्रो साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा 

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, १८ सााउन ।
बंगलादेशको सेलहेतमा साउन २४ गतेदेखि सुरु हुने १६ वर्षमुनिको तेस्रो साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक उपेन्द्र  सिंहले बंगलादेश जाने २३ जना खेलाडी छनौट गरेका हुन् । नेपाली टोलीको कप्तानमा मनिष कार्की र उपकप्तानमा पवन कार्की छन् ।

समूह बीमा रहेको नेपालले साउन २५ गते माल्दिभ्ससाग र साउन २९ गते अफगानिस्तानसाग खेल्ने छ । समुह एमा आयोजक बंगलादेश सहित भारत र श्रीलंका छन् । भुटान र पाकिस्तानले प्रतियोगितामा सहभागिता नजाउने भएपछि ६ टोली मात्रै प्रतिस्पर्धा गर्न लागेका हुन् ।

सन् २०११ मा काठमाडौंमा भएको १६ वर्षमुनिको पहिलो साफ च्याम्पियनसिपमा तेश्रो भएको नेपाल त्यसको २ वर्षपछिको प्रतियोगितामा फाइनलमा भारतसित पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी