काठमाडौं, श्रावण १७ ।
अन्तर्रा्ष्टि्रय क्रिकेट काउन्सिल (आइसीसी)ले जारी गरेको ट्वेन्टी–२० वरियतामा शीर्ष १०० भित्र नेपालका चार बलर र दुई ब्याट्सम्यानमा पर्न सफल भएका छन ।
नेपाली ६ खेलाडीले आइसीसी विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेटमा गरेको प्रदर्शनका आधारमा विश्व वरियतामा सो स्थान बनाएका हुन । बलरतर्फको वरियतामा नेपालका बसन्त रेग्मी ६६ औं स्थानमा छन् । त्यस्तै शक्ति गौचन ७७ औं स्थानमा छन् भने सोमपाल कामी ८२ औं स्थानमा रहेका छन् । सागर पुन भने १०० औं स्थानमा रहादै वरियतामा समेटिएका छन ।
ब्याटिङतर्फ पारश खड्का ७४ औं स्थानमा छन् भने शरद भेषवाकर ८० औं स्थानमा छन् । अघिल्लो वरियतामा ८४ नम्बरमा रहेका ज्ञानेन्ऽ मल्ल भने पछिल्लो वरियतामा शीर्ष १०० भित्र पर्न सफल भएनन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline