डोल्पा जिल्ला अस्पतालमा बिरामीको घुाइचो

डोल्पा जिल्ला अस्पतालमा बिरामीको घुाइचो

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

 साउन १७ डोल्पा ।
डोल्पा जिल्ला अस्पतालमा बिरामीको घुइचो लाग्ने गरेको छ ।१५ शैया क्षमता भएको डोल्पा जिल्लामा गएको १ महिना देखी दैनिक जसो बिरामकिो घुइचो लाग्ने गरेको छ ।नेपाल सरकार स्वास्थय मन्त्रालय र कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानसंग सम्झौता भएर कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान बाट आएको बिशेषज्ञसहित टोलीले डोल्पा जिल्ला अस्पतालमा रहेर सेवा प्रवाह गर्दै आएको छ ।बिगतका वर्षहरुमा डोल्पा जिल्ला अस्पतालबाट ,X-ray , Lab सेवा पनि प्रभावकारी रुपमा प्रवाह हुन नसकि रहेको अवश्थामा कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानको उपस्थितीले डोल्पाली जनतामा आशा जगाएको छ ।गत असार महिनादेखी डोल्पा जिल्ला अस्पतालमा कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानले इएम् ,अल्ट्रासाउन्ड ,ष्लउबतष्भलत ,प्रसूती ,शल्यक्रिया सबै खालको स्वास्थय सेवा दिदै आएको डा.निरेश थापाले बताए ।

सेवा सुचारु भएदेखी जिल्लामै १८ वटा जटिल खालका शल्यक्रिया सफल भइसकेकाले अब डोल्पाका जनताले सिटामोलका लागी ज्यान गुमाउनुपर्ने र महङगो भाडा तिरेर सुबिधा सम्पन्न अस्पतालमा जानु पर्ने समस्या हटेको डा .थापाले बताए ।

आफुहरुले जिल्लामा सेवा प्रवाह गर्न सुरु गरे देखी दिनानु डेढसय जती बिरामी आउने गरेको र बिकटताका कारणले उपचारमा प्रयोग हुने साम्रागी उपलब्ध नहुनाले उपचारमा समस्या भएको डा थापाले बताए ।

नेपाल सरकारको अस्पताल सुदृढिकरण कार्यक्रम अन्तरगत यस वर्ष बिरामी भर्ना कक्ष ,अप्रेशन कक्ष थप , स्तरन्नोती र कर्मचारीहरुलाई नियमति गरी सेवा लाई अझ प्रभावकारी रुपमा प्रबाह गर्ने अस्पताल विकास समितिका अध्यक्ष छक्क बहादुर धरालाले बताए ।

भर्खर मात्र जिल्लामै शल्यक्रिया गरी डोल्पा जिल्ला लिकु ३ की ६१ वर्षिय जमुना रोकायाका पेटबाट ४ केजीको ट्युमर निकालदा बिरामी रोकाया खुसी छन् ।

त्यस्तै डोल्पा जिल्ला डोल्पा जिल्लामा हाल संचालनमा रहेको सेवालाई दिगो रुपमा संचालन गरेमा अबका दिनमा उपचार नपाएर डोल्पाबासी मर्ने छैनन् यस सेवालाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी