काठमाडौं, १७ साउन ।
पर्यटनमैत्री देशका रुपमा नेपालको स्थान कमजोर बनेको छ । विश्वभरका १४१ देशको पर्यटनको समग्र अवस्थाको विषयमा ‘वल्र्ड इकोनोमिक फोरम’ले गरेको एक अध्ययनमा नेपालले १०२ औं स्थान प्राप्त गरेको देखाएको छ ।
अध्ययनबाट प्रप्त निश्कर्षलाई फोरमले ‘ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस इन्डेक्स २०१५’ प्रतिवेदन नाम दिएर सार्वजनिक गरेका हो
फोरमले प्रत्येक दुई वर्षमा सार्वजनिक गर्ने यस सूचीमा स्पेनले पहिलोपटक प्रथमस्थान हासिल गरेको हो । स्पेनको पर्यटकीय पूर्वाधार, डिजिटल प्रणाली र सांस्कृतिक स्रोतलाई यसको प्रमुख कारणको रुपमा देखाइएको छ ।
अध्ययनको आधार बनाइएका अधिकांश सूचकहरुमा नेपालको अवस्था भने निकै दयनिय देखिएको छ ।
प्रतिवेदनको सूचीमा फ्रान्स दोस्रो, जर्मनी तेस्रो, अमेरिका चौथो, बेलायत पाँचौं, स्वीटजरल्याण्ड छैठौं, अष्ट्रेलिया सातौं, इटाली आठौं, जापान नवौं र क्यानडा दशौं स्थानमा परेका छन् । सार्क राष्ट्रहरुसँग तुलना गर्दा पनि नेपालको स्थान कमजोर नै छ ।