जर्मन सुपर कपको उपाधि उल्फवर्गलाई

जर्मन सुपर कपको उपाधि उल्फवर्गलाई

  • आइतवार, साउन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौ १७ साउन । 

बार्यन म्युनिखलाई पराजित गर्दै यस वर्षको जर्मन सुपर कपको उपाधि उल्फवर्गले हात पारेको छ ।

गएराति सम्पन्न फाइनल खेलमा बार्यनलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उल्फबर्गले सुपर कपको उपाधि उचालेको हो ।

निर्धारित समयमा दुवै टोली १–१ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

४९ औं मिनेटमा आर्जेन रोविनको गोलबाट बार्यनले सुरुवाती अग्रता लिएको थियो । तर खेलको ८९ औं मिनेटमा उल्फबर्गका निकलश बेन्टनरले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्याए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा बार्यनका साबी एलोन्जोले गोल गर्न नसकेपछि उल्फबर्ग विजयी भएको हो । जर्मन सुपर कपमा उल्फबर्गको यो पहिलोे उपाधि हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी