विश्व क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजीत

विश्व क्रिकेट लिग : नेपाल स्कटल्याण्डसँग ९ विकेटले पराजीत

  • शनिबार, साउन १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ,१६ साउन।

स्कटल्याण्डसँग भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपाल ९ विकेटले पराजित भएको छ ।
शुक्रबारको खेल वर्षाले प्रभावित भएपछि शनिबार रेजर्भ डे म्याच भएको थियो ।
डक वर्थ लुइस पद्धतिका आधारमा २२ ओभरमा ११० रनको लक्ष्य पाएको स्केटल्याण्डले १.४ ओभरमा १५ रन बनाउँदा खेल रोकिएको थियो ।
त्यसअघि अघि खेल्न थालेको स्कटल्याण्डले १४ औं ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सोमपाल कामीले मात्र एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । ओपनर महेश क्षेत्री ३ र अनिल मण्डल ९ रनमा आउट भए ।
ज्ञानेन्द्र मल्ल १६ र कप्तान पारस खड्का १० आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाएको थियो ।
शरद भेसवाकरले प्रदिप ऐरीसँग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । तर, प्रदिप १६ रनमा आउट भए । शरद र पृथु बास्कोटाले २० रनको साझेदारी गरे । शरद ३० रनमा आउट भए ।
तल्लो क्रममा खेलेर बसन्त रेग्मीले १९ र अभिनाश कर्णले १७ रनको योगदान दिए । सोमपाल कामी ७ रनमा आउट भए भने शक्ति गौचन ७ रनमा अविजित रहे ।

स्कटल्याण्डका इभान्सले ३ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी