श्रीलंका विरुद्धको पहिलो ट्वेन्टी २० क्रिकेटमा पाकिस्तान विजयी

श्रीलंका विरुद्धको पहिलो ट्वेन्टी २० क्रिकेटमा पाकिस्तान विजयी

  • शुक्रबार, साउन १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौ १५ साउन ।  श्रीलंका विरुद्धको पहिलो ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पाकिस्तान २९ रनले विजयी भएको छ ।

गएराति कोलम्बोमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ७६ रनको चुनौती पछ्याउने क्रममा श्रीलंका निर्धारीत २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १ सय ४६ रनमा समेटियो ।

श्रीलंकाका लगि मिलिन्दा सिरिवर्दनले ३५, धनन्जय डी सिल्भा र चामरा कमपुगेदराले समान ३१ र एन्जोलो म्याथुजले २३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

श्रीलंकाको इनिङ कमजोर बनाउने क्रममा सोहिल तनभिरले ३ र अनवर अलीले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

पाकिस्तानका लागि अहमद साहजाद,उमर अकमल र सोएब मल्लिकले समान ४६ र मोहम्मद हफिजले १७ रन बनाए । जितसँगै पाकिस्तानले २ खेलको ट्वेन्टी ट्वेन्टी श्रृँखलामा १–० को अग्रता लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी