काठमाण्डौ,१५ साउन ।
गोमा एयरले अबदेखी काठमाडांै तुम्लिङटार उडान भर्ने भएको छ । यही साउन २२ गते देखि नियमित रुपमा उडान सुरु गर्ने गोमा एयरका सञ्चालकहरुले जनाएको छन ।
संखुवासभाको तुम्लिङटार बिमानस्थल कालोपत्रे भएसँगै जहाजहरुले सुरक्षित र यात्रुको चापलाई ध्यानमा राखेर उडान सुरु गर्ने बताइएको छ । आपत्तकालिन बिमानस्थलको रुपमा राज्यले राखेको यस विनास्थलमा बुद्ध र तारा एयरले दैनिक काठमाडौ तुम्लिङटार उडान भर्दै आएको छ । बुद्ध एयरले भने सातामा तीन दिन तुम्लिङटार बिराटनगरका लागि उडान गर्ने गरेको छ ।
मकालु हिमाल,तीनजुरे मिल्के जलजले क्षेत्र, अरुण उपत्याका र तेन्जीङहिलारी मार्ग हुदै सगरमाथा जाने पर्यटक बढी आवतजावत हुने भएकाले निजी कम्पनीहरुले उडान भर्न शुरु गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline