काठमाण्डौ,१५ साउन ।
महोत्तरी जिल्लाको गौशालामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५५औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको उदघाटन गर्नुभएको हो ।
बैकंले महोत्तरी जिल्लाको औरही र रामगोपालपुरबाट आफ्नो शाखा रहित बैकिङ्ग सेवाको आरम्भ गर्न सीता शरण रायलाई प्रतिनिधि चयन गरी प्रमाणपत्र वितरण गरेको छ । देशको १४ अञ्चलमा फैलिएका यस बैंकले गौशालामा शाखा संचालनमा ल्याउने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो ।
देशको १४ अञ्चलमा फैलिएका यस बैंकको काठमाडौं उपत्यका भित्र २२ र बाहिर ३३ गरी कुल ५५ वटा शाखा, ४५ वटा एटीएम काउन्टर र २०६ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले आजैबाट नयाँ बानेश्वर शाखाबाट एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline