नया संरचनामा डिसिएल ३, अक्सनबाट खेलाडीको छनौट गरिने

नया संरचनामा डिसिएल ३, अक्सनबाट खेलाडीको छनौट गरिने

  • बिहिबार, साउन १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धनगढी, साउान १४ गते ।

धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले आयोजना गर्दै आएको धनगढी क्रिकेट लिग(डिसिएल) को तेस्रो संस्करण नयाा संरचनाका आधारमा खेलाईने भएको छ । पहिलो पटक खेलाडीहरुलाई लिलामी  (अक्सन) गरेर टीममा अनुबन्ध गर्न लागिएको हो । आउादो मंसिर २६ गतेबाट सुरु हुने प्रतियोगिता तिन महिना चल्नेछ । खेलाडीहरुलाई बढी भन्दा बढी म्याच एक्सोजर दिई उनीहरुको प्रतिभा तिखार्ने उदेश्यले देश कै लामो क्रिकेट प्रतियोगिताको सुरुवात गरिएको डिसिएका अध्यक्ष सुवाश शाहीले बताउानु भयो ।
अधिकतम ८ वटा टीमसम्म सहभागी रहने प्रतियोगितामा पत्येक टीमका खेलाडीहरुले अक्सनका आधारमा पारिश्रमिक पाउाने भएकाछन । खेलाडीहरु अक्सनमा पर्न प्रत्येक खेलाडी धनगढी क्रिकेट एकेडेमीमा दर्ता भएको हुनुपर्नेछ । दर्ता भएका खेलाडीहरुलाई विभिन्न टीम मालिकहरुले न्युनतम रु. ५ हजारबाट खरिद सुरु गर्ने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । खेलाडीहरुको अक्सन आउादो भदौ २६ गते गरिने भएको छ । प्रत्येक टीमले आफ्नो टीममा खेलाडी अनुबन्ध गर्न अधिकतम १ लाख ८० हजार रुपैयासम्म मात्र खर्च गर्न पाउने एकेडेमीले जनाएको छ । एउटा टीममा १८ जना खेलाडी १ कोच र १ जना टीम म्यानेजर हुनेछन ।
प्रतियोगिता आयोजना गर्न झण्डै २१ लाख रुपैया खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष सुवाश शाहीले जनाकारी दिए । प्रतियोगितामा सहभागी हुने प्रत्येक टीम कैलाली जिल्लाका विभिन्न ठाउाहरुको नामबाट नामाकरण गरिनेछ । त्यसले यस क्षेत्रको पहिचान बढाउन महत्वपुर्ण भुमिका खेल्ने शाहीले बताए ।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रुपमा धनगढी क्रिकेट एकेडेमीमा दर्ता भएको हुनुपर्नेछ । प्रत्येक टीमले २ जना विदेशी खेलाडीहरु पनि अनुबन्ध गर्न पाउानेछन । विदेशी खेलाडीका हकमा पनि उनीहरु एकेडेमीमा दर्ता भएको हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख नगद तथा उपविजेताले ५० हजार रुपैया पाउाने आयोजकले जनाएका छन । वान डे प्रतियोगिताहरु धनगढीको फाप्ला क्रिकेट मैदान र अञ्चल प्रहरी कार्यालयमा हुने भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी