दिल्ली साउन १४ ।
आगामी भदौ १४ गते हुने नेपाल विरुद्धको मैत्रीपूर्ण फुटवल खेलका लागि भारतले प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेको छ ।
भारतले विश्वकप छनौट अन्तर्गत दोस्रो चरणको ईरान विरुद्धको खेलका लागि पनि तयारी गरीरहेको सन्दर्भमा नेपालसग‘ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भारतको पुनेमा आगामी भदौ १४ मा हुने छ ।
सुनील क्षेत्री, गोल किपर सुवत्र पाल सहित अधिकाश पुरानै खेलाडी सहित २८ सदस्यीय टिमको घोषणा भारतीय राष्ट्रिय टोलीका प्रशिक्षक स्टेफन कन्सेस्टाईनले घोषणा गरेका हुन् ।
यता नेपालले पनि भारत विरुद्धको मैत्रीपूर्ण खेलका लागि तयारी गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline