काठमाण्डौ,१४ साउन ।
पेरिस सेन्ट जर्मेन (पिएसजी) म्याचेस्टर युनाइटेड विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा विजयी भएको छ ।
बिहान अमेरिकाको सिकागोमा सम्पन्न खेलमा फ्रान्सेली क्लब पिएसजीले इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई २–० ले पराजित गएको हो । पिएसजीका बेल्ज म्याथ्युडीले खेलको २५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
३४ औं मिनेटमा जाल्टान इब्राहिमोविचले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । म्यानचेस्टर युनाइटेडले खेलमा फर्कने केही प्रयास गरेपनि त्यो सफल भएन र नतिजा २–० ले पिएसजीको पक्षमा गयो ।
युरोपियन फुटबलको नयाँ सिजन सुरु हुनु अघि मैत्री पूर्ण खेलका लागि पिएसजी र युनाइटेड अमेरिका पुगेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline