धनगढी, साउन १३
अन्तरिम संविधान २०६३ मा आमा वा बुवाको नामबाट नागरिकता बनाउने प्रवधान भए पनि कैलाली जिल्लामा हाल सम्म २ जना बालकले मात्र आमाको नामबाट नागकिता पाएको खुलासा भएको छ ।
कैलाली जिल्लामा आमाको नामबाट नागरिकता पाउनेमा बादी समुदायका राजन बादी र निच्चल नेपाली आमाको नामबाट नागरिकता पाए पनि उनीहरुको नागरिकतामा बुवाको पहिचान नखुलेको उल्लेख गरिएको छ ।
बादी महिलाले वर्षैदेखि आफ्ना बच्चा नागरिकता नपाएको कारण सरकारी तथा गैरसरकारीबाट हुने विभिन्न कामकाजबाट बन्चित हुदै आए पछि बाध्य भएर बुवाको पहिचान नखुलेको भनेर पनि नागरिकता लिनेगरेको उनीहरुको भनाई छ । कैलाली जिल्लामा आमाको सिफारिसमा नागरिकता लिनेहरुको संख्या धेरै भए पनि आमाकै नामबाट नागरिकता लिन आउने संख्या कम रहेको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जानकारीदिए ।
उनले भने आमाको नामबाट नागरिकता लिनको लागि प्रक्रिया एकदमै झन्झटिलो रहेको कारण र नागरिकतामा पनि बुवाको पहिचान नखुलेको उल्लेख गर्नु पर्ने भएको कारणले नागरिकता बनाउन आउनेको संख्या कम रहेको बताउदै अहिलेसम्म २०७१ चैत्र १६ गते राजनबादी र २०७२ असार १५ गते निच्चल नेपालीले आमको नामबाट नगरिकता लिएको बताए ।
तर अधिवक्त जानकी तुलाधरले आमाको नामबाट नागरिकता लिने बच्चाको इच्छा अनुसार बुवाको पहिचान खुलाउन नचाहनेहरुको लागि पनि नागरिकता बनाउन सकिने बताए । अन्तरिम संविधानमा आमाको नामबाट नागरिकता पाउने प्राबधान भए पनि राज्यले आमाको नामबाट नागरिकता नदिए पछि महिला अधिकारकर्मीहरु चर्का नारा जुलुसको बाबजुड केहीले नागरिकता पाएको महिला अधिकारकर्मी सावित्र घिमिरेको भनाई छ ।
उनले आमाको नामबाट नागरिकता पाएको व्यक्तिको नागरिकतामा बुवाको पहिचान नखुलेको लेख्नु सरासर गलत रहेको बताउदै त्यसरी नागरिकता पाएको व्याक्तिमा मानसिक असर पर्न सक्ने बताए ।
उनले अन्तरिम संविधानमा आमा वा बुवा लेखिएको भए पनि नयाँ बन्ने संविधान २०७२ को संविधान मस्यौदा आमा र बुवा भएको कारण त्यसलाई सच्चयाइनु पर्ने बताए ।
उनले नागरिकताको विषय लिएर विभिन्नसरोकारवाला निकायसंग छलफल, अन्तरक्रिया गरि हजारौको संख्याका हस्ताक्षर गरेर मस्यौदा माथि सुझाब संकलन गरेर सभासदहरुलाई समेत बुझाइएको बताउदै अब राज्य गम्भिर हुनु पर्ने बताए ।
उत्ता नागरिकता बनाउन आएको महिलाहरुको समस्या प्रति मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारीले भने कैलाली जिल्लामा बच्चा बोकेर नागरिकता बनाउनको लागि पालो कुरेर बसेका महिलाहरुलाई बस्नाको लागि उचित व्यबस्था गर्ने योजना बनाउन लागेको जानकारी दिए ।