नेपाल स्कटल्याण्डसग ३ रनले पराजीत

नेपाल स्कटल्याण्डसग ३ रनले पराजीत

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ साउन १४ साउन
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज राति सम्पन पहिलो रोमाञ्चक खेलमा नेपाल ३ रनले पराजीत भएको छ । अनील मण्डलको उत्कृष्ट ९७ रन , पारसको उत्कृष्ट ७७ रनका बाबजुद नेपाल पराजीत हुन पुग्यो । अनीलले ९ चौका र १ छक्का सहित ९७ रन बनाए । उनी सतक पुरा गर्नबाट तीन रनले चुके ।
पारस ७७ रनमा आउट भए । उनले ५७ बलमा २ छक्का र पाच चौका सहित ७७ रन जोडे । शरद भेस्वाकर शुन्य रनमा आउट भए । त्यस पछि व्याटीङमा आएका सोमपाल कामीले १ छक्का र १ चौका सहित नेपाललाई जीतको नजिक पुऱ्याएका थिए । सोमपालले ३ बलमा ११ रन बनाए ।  तर अन्तिम ओभरको दुई बलमा कुनै बाउन्ड्री लाग्न नसक्दा नेपाल जीतको नजिक पुगेर पनि पराजीत हुन पुग्यो । ओपनर महेश क्षेत्रीले २१ रन बनाए । उनले ३९ बल खेलेका थिए ।
यद्यपि आजको नेपालको व्याटीङ पक्ष निकै उत्कृष्ट देखिएको छ ।
टस जीतेर नेपालले फिल्डिङ रोजे पछि ब्याटीङमा आएको स्कटल्याण्डले शुरुमा दवावमा परे पछि अन्त्यतिर उत्कृष्ट व्याटीङ गर्दै ७ विकेट गुमाएर २ सय ३५ रन बनायो ।
स्कटल्याण्डका लागि प्रेम्सटोन मोमसेनले सर्वाधीक ७८ रन बनाए । उनलाई सोमपाल कामीले आउट गरेका थिए । त्यसै गरी लाङगेले ५५ रन बनाए भने कोईजरले ४१ रन जोडे ।
नेपालका लागि बसन्त रेग्मीले २, पारस खड्का २ तथा करण केसी र सोमपाल कामीले एक एक विकेट लिए ।
नेपालले अब केही बेरमा जवाफी व्याटीङ थाल्ने छ ।
नेपाली समय अनुसार दिउासो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा सुरुहुने भनिएपनी बर्षाका कारण साढे तीन घण्टा पछि शु्रु भएको थियो ।
नेपालले दोस्रो खेल आगामी शुक्रबार खेल्ने छ ।
च्याम्पियनसिप सन् २०१९ मा हुने विश्वकप छनौटको आधार हो । च्याम्पियनसिपमा सहभागी ८ मध्ये शीर्ष ६ टोली दोस्रो चरणमा पुग्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी