काठमाडौ १३ साउन
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपाल र र स्कटल्याण्डको खेल शुरु भएको छ ।
बर्षा रोकिएसंगै टस जितेर नेपालले फिल्डिङ रोजेको छ । खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा सुरुहुने भनिएपनी बर्षाका कारण खेल निर्धारित समय भन्दा ढिलो शुरु भएको हो ।
आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टोली आजको खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो स्तर जोगाउने दाउमा छ ।
ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराउनु बाहेक अरुमा राम्रो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपाल र स्कटल्याण्ड फरक फरक समुहमा रहेकाले खेल भएको थिएन ।
स्कटल्याण्ड भने छनौट प्रतियोगितामा नेरदल्याण्डसँगै संयुक्त रुपमा विजेता बन्दै अर्को वर्ष भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपका लागि छनोट भइसकेको छ । १४ देश सहभागी प्रतियोगितामा १३ औं भएको नेपालका लागि आजको खेल त्यती सहज देखिदैन ।
च्याम्पियनसिप सन् २०१९ मा हुने विश्वकप छनौटको आधार हो । च्याम्पियनसिपमा सहभागी ८ मध्ये शीर्ष ६ टोली दोस्रो चरणमा पुग्ने छन् ।