काठमाडौं, १३ साउन
संसदीय व्यवस्था समिति अन्तर्गतको बिकास समितिका सभापति माननीय सभासद रबीन्द्र अधिकारीले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहलाई उद्धार तथा पुन:निर्माणमा आवश्यक विभिन्न सामाग्रीहरु हस्तान्तरण गर्नुभयो ।
मिराई इन्भाइरोन्मेन्टल डेभलपमेन्ट ल्याबोरेटोरी कं.लि. उत्पादक र न्यू आइटी भेन्चर वितरक कम्पनीले जापानमा गत २०११ मा गएको बिनाशकारी सुनामीका समयमा राहत तथा उद्धार र पुन:निर्माण प्रभावकारी हुने गरी काम गरेको र नेपाल प्रहरीलाई समेत त्यस्तो सामान उपयोगी हुने देखिएकोले उक्त कम्पनीले एनआइटिभी मेडिया प्रा.लि. मार्फत आएको उक्त सामान नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण गरिएका सामानहरुमा रिचार्जेबल स्पेशल लेड फ्लोडलाइट ३ थान, एक्सटेरेसो पोर्टेबिलीटि अपटिकल एक्सेसोरीज २ थान, एक्सटेरसो स्टाण्ड १ थान र मर्सेटाइल सर्फेस इमिटिङ लेडलाइट मिल्ड मिनी १ सय पिस रहेका छन् ।
उक्त अवसरमा माननीय सभासद अधिकारीले अपराध अनुसन्धान तथा भौतिक संरचना निर्माण कार्यमा काम लाग्ने र नेपाल प्रहरीका लागि उपयुक्त हुने भएकाले नेपाल प्रहरीको लागि सामान हस्तान्तरण गरिएको बताउनुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले नेपाल प्रहरीलाई उपयुक्त हुने मुल्यांकन गरी प्रदान गरेकोमा आभार व्यक्त गर्दै नेपाल प्रहरी बिकाससाग सदैव सहभागी भइरहने बताउनुभयो । प्राप्त सामाग्रीको अधिकतम उपयोग गरिने उहााले प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । उल्लेखित सामानहरु ५० मीटर टाढासम्म उज्यालो दिने र पोर्टेबल भएकोले बिद्युतको आपूर्ति नभएको प्रहरी इकाइमा विपद व्यवस्थापन गर्न र महत्वपूर्ण प्रहरी अपरेशन कार्यमासमेत प्रभावकारी हुने भएकोले मातहत इकाईसम्म सामाग्री वितरण गरिने उहााले जानकारी दिनुभयो ।
उक्त अवसरमा एनआइटिभी मेडिया प्रा.लि. का मार्केटिङ डाइरेक्टर कुशल खड्काले उक्त सामाग्री उपयोग गर्नेबारे प्रस्तुतीकरणमार्फत जानकारी दिनुभएको थियो ।
