बार्सिलोना विरुद्धको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी

बार्सिलोना विरुद्धको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१३ साउन ।

बार्सिलोना विरुद्धको मैत्रीपूर्ण खेलमा चेल्सी ४–२ ले विजयी भएको छ । आज बिहान अमेरिकाको वासिङटनमा सम्पन्न खेलमा बार्सिलोनालाई टाइब्रेकरमा पराजित गर्दै चेल्सीले जीत हात पारेको हो ।

निर्धारीत समयमा दुबै टोली २–२ को बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको १० औं मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५२ औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजले गोल गर्दै खेल बराबरीमा पुयाए ।

यस्तै ६६ औं मिनेटमा सान्ड्रो रोमिरेजको गोल मार्फत बार्सिलोनाले २–१ को अग्रता लियो । चेल्सीका ग्यारी केहिलले ८५ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको हो । टाइब्रेकरमा बार्सिलोनाका दुई खेलाडीले मात्रै गोल गर्न सकेपछि नतिजा चेल्सीको पक्षमा रह्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी