विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै

  • बुधबार, साउन १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ १३ साउन । 

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो साढे तीन बजेपछि स्कटल्याण्डको आयरमा सुरुहुनेछ ।

आयरल्याण्ड र स्कटल्याण्डमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाली टोली आजको खेलमा राम्रो प्रदर्शन गर्दै आफ्नो स्तर जोगाउने दाउमा छ ।

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट खेलमा नेपालले अमेरिकालाई ६ विकेटले हराउनु बाहेक अरुमा राम्रो प्रदर्शन गर्न सकेन । प्रतियोगितामा नेपाल र स्कटल्याण्ड फरक फरक समुहमा रहेकाले खेल भएको थिएन ।

स्कटल्याण्ड भने छनौट प्रतियोगितामा नेरदल्याण्डसँगै संयुक्त रुपमा विजेता बन्दै अर्को वर्ष भारतमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपका लागि छनोट भइसकेको छ । १४ देश सहभागी प्रतियोगितामा १३ औं भएको नेपालका लागि आजको खेल त्यती सहज देखिदैन ।

च्याम्पियनसिप सन् २०१९ मा हुने विश्वकप छनौटको आधार हो । च्याम्पियनसिपमा सहभागी ८ मध्ये शीर्ष ६ टोली दोस्रो चरणमा पुग्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी