नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमायो

नेपालले टी–२० अन्तर्राष्ट्रिय मान्यता गुमायो

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ, १२ साउन ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाललाई ट्वान्टी–२० वरियताबाट हटाएको छ । ट्वान्टी(२० विश्वकप छनोट प्रतियोगितामा कमजोर प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले जारी गरेको नयाँ वरियताबाट हटाईएको छ ।

उक्त वरियतासँगै नेपालले पाएको अन्तराष्ट्रिय ट्वान्टी,२० टोलीको मान्यता समेत गुमाएको छ । गत वर्ष बंगलादेश भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले ट्वान्टी,२० को मान्यता दिएको थियो तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेपछि नेपालले उक्त मान्यता गुमाएको हो ।

आईसीसीले ओमानलाई ट्वान्टी,२० को मान्यता दिएको छ । ओमान यसपटक विश्वकपका छनोट भएको छ । यस्तै, आईसीसीले जारी गरेको नयाँ वरियतामा श्रीलंका पहिलो स्थानमा रहेको छ भने आयरल्याण्ड १५ औ स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी