राष्ट्रबैंकको नीतिलाई अर्थमन्त्रालयले उल्ट्याइदिए पछि

राष्ट्रबैंकको नीतिलाई अर्थमन्त्रालयले उल्ट्याइदिए पछि

  • मङ्लबार, साउन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, १२ साउन ।

बैंक तथा वित्तीय संस्थामा विदेशी कम्पनीको लगानी गर्न नदिने नेपाल राष्ट्रबैंकको नीतिलाई अर्थमन्त्रालयले उल्ट्याइ दिएको छ ।

राष्ट्रबैंकले गत वर्ष लागु गरेको  मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थामा विदेशी कम्पनीको नाममा रहेको सेयर २०७२ असार मसान्तसम्म बिक्री गर्नुपर्ने निर्देशिका ल्याए पनि  अर्थमन्त्रालयले प्रस्तावित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुन संसोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) उल्टाउँंदै सात वर्षसम्म यस्तो सेयर बिक्री गर्नु नहुने प्रस्ताव गरेको अर्थ सम्बन्ध स्रोतले जनाएकोे छ ।

राष्ट्रबैंकले अघिल्लो आर्थिक वर्ष विदेशी कम्पनीको नाममा भएको सेयर २०७२ असार मसान्तसम्ममा बिक्री गर्नुपर्ने मौद्रिक नीति र त्यो अनुसार निर्दे्शिका जारी गरेको थियो ।

राष्ट्रबैंकको नीतिअनुसार नबिल र एनएमबी बैंकमा रहेको विदेशी कम्पनीको सेयर गत असार मसान्तसम्ममा बिक्री गर्नुपर्ने थियो । तर,दुईवटै बैंकले अहिलेसम्म पनि यस्तो सेयर बिक्री गर्ने कुनै तयारी गरेका छैनन् ।

राष्ट्रबैंकले पठाएको मस्यौदामा विदेशी कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न नपाइने नीति भए पनि अर्थमन्त्रालयले नेपाल बैकर्स संघको सुझावअनुसार नीतिलाई उल्टाइदिएको हो । मस्यौदा अर्थमन्त्रालय हुँंदै मन्त्रिपरिषद्बाट पारित भएर व्यवस्थापिका संसद्मा पुगेको छ ।

राष्ट्रबैंकले असार मसान्तसम्म बिक्री गर्ने अवधि तोके पनि नेपाल राष्ट्रबैंकका प्रवक्ता मिनबहादुर श्रेष्ठले बाफियाको संशोधनको मस्यौदामा परिवर्तन भएको विषय आफूलाई जानकारी नभएको बताए ।
यता नेपाल बैकर्स संघले पुँंजी वृद्धिको विषयमा लगानीकर्तासँंग सल्लाह गरेर मात्र आधिकारिक धारणा ल्याउने भएको छ ।

इन्फोराष्ट्रबैंकले पठाएको मस्यौदामा विदेशी कम्पनीको नाममा बैंक तथा वित्तीय संस्थामा लगानी गर्न नपाइने नीति भए पनि अर्थमन्त्रालयले नेपाल बैकर्स संघको सुझावअनुसार नीतिलाई उल्टाइदिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी